site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनपरी शुल्क असुल्‍ने निजी विद्यालयमाथि महानगरको नजर
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनपरी शुल्क लिने काठमाडौंका अधिकांश निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाले कडाइ गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा निजी स्कूलमा अधिकतम शुल्क तोक्दै महानगरपनलिले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका विद्यालयमाथि कडाइ सुरु गरेको छ ।

दुई वर्षअघिको शुल्कमा केही थप गरेर नयाँ शुल्क कायम गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपनलिकाकी शिक्षा अधिकारी निर्मला केसीका अनुसार अनुगमन समितिले विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई सूचक बनाएर विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा  वर्गीकरण गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेल मैदान पुस्तकालय, शौचालय, खेलका सामग्री, विद्यार्थी, शिक्षक संख्या र छात्रवृत्तिलाई पनि वर्गिकरणको सूचक मानिएको छ ।

यी सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले विद्यालय वर्गीकरण गर्छ । महानगरपलिकाको शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा विषयगत प्रतिनिधित्व रहने व्यवस्था छ ।

Global Ime bank

यस समितिको फागुन २६ गते बसेको बैठकले चालु शैक्षिक सत्रको शुल्क निर्धारण गरेको हो । वर्गीकरणमा परेका विद्यालयले आफ्नो वर्गअनुसारको अधिकतम् शुल्क लिन पाउनेछन् ।

समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क १ हजार ६३० कायम गरेको छ । दुई वर्षअघि यस वर्गका विद्यालयको शुल्क १ हजार १८१ रुपैयाँ थियो ।

यस्तै ‘ग’ वर्गका विद्यालयको २ हजार २४, रुपैयाँ ‘ख’ वर्गका विद्यालयको २ हजार ४१८ रुपैयाँ र ‘क’ वर्गका विद्यालयको २,८१२ रुपैयाँ तोकिएको छ । यसअघि ती वर्गका विद्यालयका लागि अधिकतम शुल्क क्रमशः १ हजार ५७५, १ हजार ९६९ र २ हजार ३६३ रुपैयाँ थियो । 

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम् शुल्क १ हजार ९०१ रुपैयाँ, ‘ग’ वर्गका विद्यालयको २ हजार ३५१ रुपैयाँ, ‘ख’ वर्गका विद्यालयको २ हजार ८०१ रुपैयाँ र ‘क’ वर्गका विद्यालयको ३ हजार २५१ रुपैयाँ कायम गरिएको छ ।

यसअघि ती वर्गका विद्यालयको अधिकतम् शुल्क क्रमशः १ हजार ३५०, १ हजार ८००, २ हजार २५० र २ हजार ७०० रुपैयाँ थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले २ हजार ५३७ रुपैयाँ अधितम् शुल्क लिन पाउनेछन् ।

यसअघि त्यस वर्गका लागि अधिकत् शुल्क १ हजार ८३८ रुपैयाँ थियो ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC