site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक दिनमा कति पानी पिउने ?
Ghorahi CementGhorahi Cement

बीबीसी । पहिले पहिले अन्तिम अवस्थामा पुगेका मानिसहरुलाई मात्र शुद्ध पानी पिउने शौभाग्य मिल्थ्यो । किनकि त्यसबेला शुद्ध पानीलाई उपचार मानिने गरिन्थ्यो र धेरै मानिसरुले एकपटकमा आधा पिन्ट भन्दा धेरै सादा पानी पिउँदैनथे । तर अहिले समयसँगै पानीको उपभोगमा धेरै परिवर्तन आइसकेको छ । 

केही समय अगाडि मात्र अमेरिकामा पहिलोपटक सोडाको बोतल भन्दा पानीको बोतल धेरै बिक्री भएको थियो । यसरी हामीले पर्याप्त पानी स्वास्थ्यका लागि अत्यन्तै लाभकारी हुन्छ भन्ने धेरै सुनिसकेकाले नै यसप्रति हाम्रो चासो पछिल्लो दशक झन बढ्दै गएको बताइएको छ । 

यसरी पानीले ऊर्जा दिनुका साथै छालालाई स्वस्थ राख्ने, तौल नियन्त्रणमा मद्दत गर्ने र क्यान्सरबाट जोगाउने समेतका दाबी गरिएका छन् । पानीमा कुनै क्यालोरी नहुने भएकाले नै यसलाई सबैभन्दा स्वस्थकर विकल्प मानिन्छ ।

Agni Group

त्यसैले पनि अनौपचारिक सुझाव दिनेहरुले दैनिक २ लिटर पानी पिउन भनिरहेका हुन्छन् । तर वैज्ञानिक खोजहरुले भने यसको लाभबारे स्पष्ट प्रमाण संकलन गर्न सकेको छैन । वास्तवमा सो भनाइ दशकौँ अघिदेखिको मान्यता भएको विश्लेषकहरु बताउँछन् । जुन आधिकारिक रुपमा कहिल्यै पुष्टि भएको छैन तरपनि मानिसहरु अहिलेसम्म यसैमा विश्वास गर्दछन् ।

अवश्य पनि हाम्रो स्वास्थ्यका लागि पानी अत्यन्तै आवश्यक तत्व हो किनकी हाम्रो शरीरको दुई तिहाइ तौल पानीले नै बनेको हुन्छ । त्यस्तै पानीले नै हाम्रो शरीर भित्रका तत्वहरु सबै सेलसम्म पुर्याउन मद्दत गर्दछ भने शरीरको तापक्रम नियमित राख्न अनि जोर्नीलाई ठीकसँग काम गर्न पनि सहयोग गर्दछ । यसैगरी शरीर भित्रका सबै केमिकल रियाक्सनमा समेत पानीको महत्वपूर्ण भूमिका हुन्छ । 

Global Ime bank

यसरी हामीले पसिना, पिशाब र सासका रुपमा लगातार शरीरबाट पानी बाहिर फ्याँकिरहेका हुन्छौँ । त्यसैले हामीले शरीरमा पानीको सन्तुलन मिलिरहेको भन्ने सुनिश्चित गर्नु नै सबैभन्दा जरुरी भएको विशेषज्ञहरुको भनाइ छ । 

त्यस्तै वर्षौँअघि गरिएका पुराना दाबीहरुमा हामीलाई प्यास लाग्नुको अर्थ हाम्रो शरीर चरम जलवियोजनको अवस्थामा पुगिसकेको भनेर व्याख्या गर्ने गरिएको पनि पाइन्छ हुन्छ जुन वास्तवमा प्रमाणबिनाको भनाइ मात्र रहेको बताइएको छ । किनकी अधिकांश विश्लेषकहरु हामीलाई शरीरले संकेत गरे भन्दा अतिरिक्त पानी आवश्यक नभएकामा विश्वास राख्दछन् । 

वास्तवमा एक स्वस्थ व्यक्तिमा मस्तिष्कले नै शरीरमा पानी भए नभएको निरीक्षण गरि हामीलाई तिर्खाको अनुभूति गराउने गर्दछ । यसैगरी दिमागले नै एक किसिमको हर्मोन उत्पादन गरि त्यसमार्फत मृगौलालाई पानीको कमी भएको अवस्थालाई ध्यानमा राख्दै संरक्षण गर्न निर्देशन दिन्छ । 

तर हाम्रो शरीरले संकेत गरेभन्दा बढी पानी पिउनुले जलवियोजनबाट बचाउन बाहेक अन्य फाइदा पनि गराउँछ भन्नेमा हालसम्म एकदमै थोरै प्रमाण मात्र भेटिएको छ । यसैगरी तरल पदार्थ सेवनले तौल नियन्त्रणमा पनि मद्दत गर्ने अध्ययनकर्ताहरुको दाबी छ । त्यस्तै धेरै पानी पिउनुले छालाको रङ निखार्ने र स्वस्थ राख्ने मान्यता पनि व्याप्त छ । तर हालसम्म यी सबै भनाइहरुलाई पुष्टि गर्न पर्याप्त प्रमाण फेला पार्न सकिएको छैन ।

के एकदमै धेरै पानी पिउनु राम्रो हो ? 

पानी पिउनुका आफ्नै लाभ भएपनि अत्याधिक धेरै पिउँदा कहिलेकाहि खतरनाक साबित हुन सक्ने बताइएको छ । जस्तै यसले रगतमा सोडियमको मात्रा पातलो बनाइदिन सक्छ । जसपछि शरीरले तरल पदार्थ र रगतमा सोडियमको स्तर सन्तुलित गर्न खोज्दा हाम्रो मष्तिस्क वा फोक्सो सुन्निन सक्छ । । पछिल्लो एक दशकमा बेलायतमा मात्र यस किसिमका १५ घटनामा खेलाडीहरुको धेरै पानी पिएकै कारण मृत्यु भएको बताइएको छ । हामीले जलवियोजन रोक्नका लागि शरीरलाई आवश्यक भन्दा धेरै र अनियन्त्रित रुपमा पानी पिउने गर्दा नै यस्तो हुने बताइन्छ जसलाई ‘हाइपो– न्याट्रोमिया’ भनिन्छ ।

२०१८ को लन्डन म्याराथोनमा सहभागी जोआना पेखम आफूले दौडिएको क्षण सम्झन सक्दिनन् किनकी त्यतिबेला उनले एकदमै धेरै पानी पिएकी थिइन् ।  ओभर–हाइड्रेसनको नतिजा स्वरुप यस्तो भएपछि उनलाई त्यसैदिन बुलुका अस्पताल लैजानु परेको थियो । उनका अनुसार साथीहरुले म्याराथोनमा दैडदा धेरै पानी पिउन सुझाव दिएकै कारण उनले त्यसो गरेकी थिइन् ।

अत्याधिक गर्मी ठाउँ जस्तैकी मरुभूमिमा बस्ने व्यक्तिको पनि एक घन्टामा २ लिटर भन्दा धेरै पसिना आउँदैन । यस्तोमा घर, अफिस वा बाटोमा हुँदा हामीलाई लगातार पसिना आइरहेपनि त्यो स्तरसम्म पुगेको हुँदैन । तर हामी नियमित हाइड्रेटेड रहनुपर्छ भन्ने मान्यताकै कारण कतिपय अवस्थामो शरीरलाई आवश्यक भन्दा धेरै गुणा पानी पिउने गरिरहेका हुन्छौँ ।

उसो भए कति पानी पिउने ? 

यसरी आफूलाई तिर्खा लागे अनुसारले पानी पिउनु भन्दा आधिकारिक डाटामा विश्वास राख्नेहरुका लागि बेलायतको स्वास्थ्य केन्द्रले सबैलाई चिया, चिनीमुक्त ड्रिङ्क्स, कफी, दूधसहित दैनिक ६ देखि ८ गिलास तरल पदार्थ सेवन गर्न सुझाव दिएको छ । तर हामी ६० वर्ष नागेपछि तिर्खाको अनुभूति कम हुँदै जाने हुँदा विशेषगरी वृद्धहरुमा सजिलै जलवियोजन हुने सक्छ । जसकारण उनीहरुले नियमित पानी पिउनुपर्ने बताइएको छ । 

तरपनि आधिकारिक गाइडलाइन्सले भने अनुसार नै पानी पिउनुपर्छ भन्ने जरुरी छैन । किनकी हाम्रो शरीरमा तरल पदार्थको आवश्यकता उमेर, शरीर, लिङ्ग र वातावरण अनि शारीरिक सक्रियताअनुसार भिन्दाभिन्दै हुने विशेषज्ञहरुको भनाइ छ । हाम्रो शरीरले भोक लाग्दा, थकाइ लाग्दा हामीलाई खबर गरे जसरी नै पानी आवश्यक पर्दा पनि थाहा हुने हुँदा यसबारे धेरै चिन्ता नगर्न भनिएको छ ।  यस्तोमा जरुरत भन्दा बढी पानी पिउनुको एक मात्र फाइदा त्यसपछि बारम्बार शौचालय गइरहनु पर्दा खर्च हुने अतिरिक्त क्यालोरी मात्र हुनेछ भन्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC