site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकेश र मयंकको अर्धशतकमा पन्जाब ६ विकेटले विजयी
Ghorahi CementGhorahi Cement

काठमाडौं । लोकेश राहुल र मयंक अग्रवालको अर्धशतकमा १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २२ खेलमा किङ्‍स -११ पन्जाब विजयी भएको छ । 

चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा सोमबार राति भएको खेलमा पन्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । 

हैदरावादले पन्जाबलाई १५१ रनको लक्ष्य दिएको थियो । पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । 

Agni Group

पन्जाबका लागि राहुलले नट आउट १ छक्का र ७ चौकाको मद्दतमा ७१ रनको योगदान गरे भने अग्रवाल ५५ रनमा आउट भए ।

यस्तै क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे । 

Global Ime bank

हैदरावादका सन्दीप शर्माले २, रसिद खान र सिद्धार्थ कउलले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक हुडाले अविजित १४ रन बनाए ।

पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले एक-एक विकेट लिए ।

पन्जाबो चौंथो जित हो भने हैदरावादको तेस्रो हार हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ००:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC