site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं महानगरमा  ३ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकामा मात्र ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् ।

शिक्षा विभागकाअनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र ५ वर्षमाथि १० वर्षसम्म उमेर समूहका करिब ३ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् ।

Agni Group

महानगरपालिका क्षेत्रमा ९१ वटा सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ वटा विद्यालय छन् । यी विद्यालयमा २ लाख ३ हजार ९ सय ७१ जना विद्यार्थी अध्ययरत छन् ।

यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्र वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सुरू हुने भएको छ । 

Global Ime bank

“विद्यालय बाहिर भएका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले यो अभियान सुरू गर्ने भएका छौं,” महानगरपालिकाकी शिक्षा अधिकारी निर्मला केसीले भनिन्, “हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं भन्ने मूल नारासहित बालबालिकालाई विद्यालय पुर्‍याऔं ।”

शिक्षा अधिकारी केसीकाअनुसार ०७६ वैशाख १४ गते अभियान सकिनेछ । यसपछि १५ गतेदेखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ ।

भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।

सांकेतिक स्केच
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC