site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ह्वावे पी ३० सिरिज नेपालमा सार्वजनिक, क्यामेरामा नयाँ क्रान्ति ल्याएको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोन नेपालमा सार्वजनिक गरिएको छ । ह्वावेले पी ३० सिरिजका ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाइट सार्वजनिक गरेको हो ।

नेपाली बजारमा यी तीनै मोडलका फोनको बिक्री चैत २९ बाट सुरू हुँदैछ । अग्रिम बुकिङ भने चैत २७ बुधबारसम्म गर्न सकिनेछ ।

ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइन ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ । यी स्मार्टफोनमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । जसकारण ह्वावे पी ३० र ह्वावे पी ३० प्रोले अविश्वसनीय तस्बिरहरू र भिडियोहरू खिच्ने कम्पनीको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ह्वावे पी ३० प्रोमा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ । साथै ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फी खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।

आरवाईवाईबी ह्वावे सुपरस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ । यसमा ग्रीन पिक्सलको स्थानमा पहेंलो पिक्सल रहेको छ ।

Global Ime bank

ह्वावेको एआईएस, ओआईएस र ह्वावेको पी ३० प्रोको एफ–१.६ इन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असामान्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । एकदमै कम उज्यालो वा जस्तोसुकै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभूमि भएका तस्बिर खिच्छ यसले । यसमा भएको नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ ।

ह्वावे टिओएफ क्यामराले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फरमेसन कैद गर्दछ । ह्वावेको एआईले पर्फेक्ट तस्बिर दिनका लागि सघाउँछ । एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा सञ्चालन गरी एकै चोटि खिचिएका तस्बिरहरुलाई राम्रो बनाउँछ ।

ह्वावेको पी ३० सिरिजमा भएको स्मार्ट फोटोग्राफीलाई सुपरस्पेक्ट्रम सेन्सरले कम प्रकाशमा पनि रातमा खिचिएका तस्बिरहरू उज्यालो र एकदम प्रष्ट आउँछ र यसले स्मार्ट भिडियोग्राफीको परिभाषालाई पुनः परिभाषित गरेको कम्पनीको दाबी छ । ह्वावेको डुअल भ्यू भिडियोले एउटै सिन वा मानिसको दुई वटा पर्सपेक्टिभ सटहरु खिच्न सघाउँछ ।

यसमा रहेको एआईएस र ओआइएसले सबै भिडियो क्याप्चर सेटिङका लागि भिडियो स्टेबलाइजेसनलाई सपोर्ट गरी परफेक्ट सट दिन्छ । यसका साथै सुपरजुम लेन्सले सटिक क्लोजअप तस्बिरहरू खिच्न मद्दत गर्छ भने एआई भिडियो एडिटरले स्पेशल इभेक्टहरू र ब्याकग्राउन्ड म्युजिक प्रदान गरी ह्वावे पी ३० सिरिजलाई मोबाइल प्रोडक्शन स्टुडियोमा परिणत गर्दछ ।

ह्वावे पी ३० सिरिजका प्रमुख विशेषताः
–    प्रोसेसर पी ३० प्रोः ७ एनएम किरिन ९८०
–    ह्वावे पी ३० प्रोमा ४२०० एमएएच ब्याट्री रहेको छ र ४० वाटको ह्वावे सुपरचार्जलाई पनि सपोर्ट गरी मात्र ३० मिनेटमा जिरोबाट ब्याट्री ७० प्रतिशतमा पुर्याउँछ ।
–    ह्वावे पी ३० सिरिजमा डुअल सिम र डुअल भिओएलटीई कनेक्टिभिटी जस्ता अत्याधुनिक वायरलेस कम्युनिकेसनलाई सपोर्ट गर्दछ ।
–    ६.४७ इन्चको ह्वावे पी ३० प्रो र ६.१ ईन्चको ह्वावे पी ३० ब्रेथिङ क्रिस्टल, एम्बर सनराइज, अरोरा, पर्ल ह्वाईट र ब्ल्याक रंगमा उपलब्ध छ ।
–    चाँडो र पहिचान सुरक्षित गर्न अन स्क्रीन फिंगरप्रिन्ट सेन्सरयुक्त
–    ह्वावे पी ३० मा ह्वावे अगोस्टिक डिस्प्ले प्रविधि रहेको छ जसले साउन्ड इमिटिङ डिस्प्लेमार्फत् उच्च क्वालिटीको अडियो प्रदान गर्छ ।

ह्वावे पी ३० प्रोको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ । त्यस्तै ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC