देश
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय पोखराले ३५ सय एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा-७ का ४० वर्षीया सुशिला पराजुली र पोखरा-६ शान्ति पाटन बस्ने २० वर्षीय राजकुमार परियार रहेका छन् ।
शुभेच्छा फार्मेसी पसलमा अबैध रुपमा भण्डारण गरी बिक्रि वितरणको लागि राखेको नियन्त्रित औषधी ट्रमाडोल २५ सय एम्पुल र एपीकाडेल १ हजार एम्पुल बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५ १५:५३
प्रतिक्रिया दिनुहोस्