site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्व सुधार गर्न मन्त्रिपरिषद्ले १० वर्षअघि गरेको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । 

विसं २०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले २०६६ सालको सौर चैत्र महीनालाई हटाई वि सं २०६७ वैशाख शुरु गर्ने निर्णय गरेको थियो । २०६७ वैशाखमा पर्ने अधिकमासलाई साधारण सरह गरी चान्द्र मासअनुसार मनाइने पर्व एक महीना वर सार्ने मन्त्रिपरिषद्को निर्णय थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद्को यो निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६६ सालको पात्रो निकालेन । २०६५ सालको चैत अन्तिमसम्म पनि पात्रो ननिस्कएपछि जनस्तरबाट पनि छलफल र बहस विना सरकारले निर्णय गरेको भनी विरोध भएको थियो । 

धर्म र संस्कृतिसँग जोडिएका विषयमा निर्णय गर्दा सम्बन्धित विज्ञका बीच शास्त्रार्थ गराई निर्णय गर्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद्को विचार थियो ।

Global Ime bank

पर्व सुधार राष्ट्रिय समाज नेपालको दोस्रो भेला एवं वार्षिक साधारणसभाका वक्ताले भने यो निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । कार्यक्रममा पर्व समय सुधार राष्ट्रिय कार्यदलका सदस्य सचिव हरिनारायण मल्ल, समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्याय, उपाध्यक्ष जयन्त आचार्य, महासचिव कनकविक्रम ध्वज जोशी, सचिव बलराम श्रेष्ठ, सल्लाहकार डा उत्तमकृष्ण कर्माचार्य, समाजका चितवन सचिव वासुदेव वाग्ले, गोरखा सचिव किशोर रेग्मी, प्रा डा सुन्दरकृष्ण जोशी लगायतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरी पर्व समय सुधार गर्न माग गरे । 
रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC