site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन क्षेत्र विकासको बजेट खर्च गर्न अख्तियारी माग
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रेदश–१ का सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् छुट्याइएको बजेटको अख्तियार प्रदान गर्न सरकारसमक्ष माग गरेका छन् । प्रदेशसभा बैठकको आइतबारको शून्य समयमा बोल्दै ताप्लेजुङका कांग्रेस सांसद विकासमा अख्तियारी प्रदान गर्न माग गरे ।

उनले भने, ‘‘अन्तिम चौमासा पनि सुरु भइसक्यो तर सरकारले स्थानीय तहमार्फत् हुने काममा अख्तियारी नदिँदा काम अघि बढ्ने हो कि होइन भन्ने चिन्ता थपिएको छ ।’’ उनले ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि छुट्याइएको बजेटबाट काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

संघीय समाजवादी फोरमका सांसद रामचन्द्र लिम्बूले जाँडरक्सी सेवन गरेर कुलतमा फस्नेहरुको आदत सुधार गर्न चाहिने लोरा जेपाम औषधिको आयात खुला गर्नुपर्ने माग गरे । उनले भने, ‘‘संघीय सरकारले प्रतिबन्ध गरेपनि झापा र मोरङका नाकाबाट यो औषधि लुकीछिपी आयात भएकै छ । त्यसैले रोक्नुभन्दा खुला गर्न आवश्यक छ ।’’ उनले यो काममा प्रदेश सरकारले पहल लिनुपर्ने बताए । उनले धनकुटाको आयुर्वेद अञ्चल अस्पताललाई विराटनगर नसार्न माग गरे ।

प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैतले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न विधेयक उपर उठेको प्रश्नको जवाफ दिए । कुसियैतले कानुन सतप्रतिशत पूर्ण नहुने बताउँदै पर्यटन सम्बन्धी विधेयकलाई पूर्ण बनाउन सदनकै हात रहने बताउँदै भने, ‘‘पर्यटनसँग सम्बन्धित कानुनलाई व्यवस्थित बनाउने अझ घनीभूत छलफल गर्न विधेयकलाई समितिमा पठाउन सकिन्छ ।’’ 

Global Ime bank

प्रदेशसभाले सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउन सहमति दिएको छ । सहकारी विधेयकमा १३ जना सांसदले संशोधन दर्ता गराएका थिए । यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले विधेयकलाई सामाजिक विकास मन्त्रालयमा पठाइयोस् भनि प्रस्ताव पेश गरेका थिए । प्रदेश पर्यटन विधेयकमा संशोधन हाल्न बैठकले ७२ घण्टाको समय दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC