site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आँधीपीडितलाई सरिता गुरूङको सहयोग
Ghorahi CementGhorahi Cement

बारा (भलुही, भरबलिया) । गत हप्ताको शुरूवात बारा– पर्साबासीका लागि निकै अनिष्ट रह्यो । आइतबार साँझ ७  : ०५ बाट शुरू भएको भूमरीले बारा–पर्साका २९ जनाको ज्यान लियो । हजारभन्दा बढी नागरिक घरबारविहीन भए । ती परिवारहरू अहिले एकसरो त्रिपालमुनि रात कटाउन बाध्य छन् ।

देश तथा देशबाहिर छरिएर रहेका नेपालीहरूले सहयोगको हात बढाए । असिना–पानीसहितको भूमरीबाट आहत भएकाले थोरै भए पनि राहतको सास फेर्न पाए ।

Agni Group

अमेरिकामा रहेर सहयोगको हात बढाउँदै आएकी  सामाजिक अभियन्ता सरिता गुरूङले पनि आँधीबाट अति प्रभावित फेटा गाउँपालिकाका ६६ घर परिवारलाई भाँडावर्तन सहयोग गरेकी छन् ।

आइतबारको आँधीबाट घरविहीन फेटा गाउँपालिका–१ भलुहीबासीलाई गुरूङले आफ्नो पहलमा एक लाख बराबरको डेक्ची, कराही, थाल, कचौरालगायत भाँडाकुँडा हस्तान्तरण गरेकी हुन् ।

Global Ime bank

गुरूङले भूकम्पपीडित, बाढी, शीतलहर प्रभावित र आर्थिक अभावले उपचार गर्न नसकेर थलिन अभिशप्त असहायहरूलाई सहयोगको हात बढाउँदै आएकी छन् ।
“महाविनासकारी हुरीले बारा र पर्साका धेरै नागरिक घरबारविहीन भएको खबर पाएलगत्तै सहयोग सङ्कलनमा जुटेकी थिएँ । त्यही रकमबाट भलुहीका पीडितहरूलाई सहयोग हस्तान्तरण गरेँ,” उनी भन्छिन् ।

आँधी लगत्तै गुरूङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘फन्ड रेजिङ’ कार्यक्रम शुरू गरेकी थिइन् । अभियानमा विश्वभर छरिएर रहेका नेपालीहरूको सहयोग रहेको गुरूङ बताउँछिन् ।

आँधीबाट अपाङ्गता भएका र प्रसूती महिलाहरू ज्यादा प्रभावित छन् । आँधीपछिको प्रकोपको जोखिममा रहेका त्यस्ता पीडित र प्रभावितहरूलाई दीर्घकालीन सहयोग हस्तान्तरण गर्न चाहेको सरिता गुरूङ बताउँछिन् ।

“त्यस्ता पीडितहरूलाई दीर्घकालसम्म लाभ पुग्नेगरी सहयोग गर्न खोजेकी छु,” उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC