site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकता नटुंगिँदै नेकपामा समानान्तर अभ्यास, नेपाल समूहले तयार पार्‍यो जिल्ला अध्यक्षको सूची
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण नटुंगिँदै समानान्तर अभ्यास शुरू भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वको अलग्गै सूची तयार गरेको हो । संगठनात्मक एकताका लागि गठित कार्यदलका तर्फबाट पनि अलग्गै प्रतिवेदन सचिवालयमा बुझाएको नेता नेपाल समूहले सोही प्रतिवेदनमा उल्लिखित मापदण्डका आधारमा जिल्ला र महानगर कमिटी समेतको समानान्तर सूची तयार पारिएको एक नेताले जानकारी दिए ।

पार्टी एकताको प्रस्ताव तयार पार्ने जिम्मेवारी आफैँले लिएको नेकपाको ९ सदस्यीय सचिवालयको बैठक एकमहिना यता अवरुद्ध छ । सीके राउतलाई मूलधारको राजनीतिमा अवतरण र विप्लव समूहमाथिको प्रतिबन्धबारे धारणा बनाउन शीर्ष चार जना (अध्यक्षद्वय, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल) को अनौपचारिक बैठक बसे पनि त्यसयता एकताबारे सामूहिक गृहकार्य नभएको नेताहरू बताउँछन् ।

बरु भित्रभित्र पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले एकताको सूची तयार पारेर सर्कुलर नै जारी गर्न लागेको सूचना पुगेपछि समानान्तर सूची तयार पारेको नेपाल निकट नेताले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ओली–प्रचण्डको सन्देश लिएर विष्णु पौडेल नेपालको दैलोमा

स्थापित विधि, पद्धति, वरीयता, एक व्यक्ति एक पदकै आधारमा एकता प्रक्रिया टुंग्याउनुपर्नेमा नेता नेपालले जोड दिँदै आएका छन् । गत असोज पाँच गते सचिवालको बैठकले गरेको प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँटप्रति पनि नेपाल समूहको तीव्र विमति थियो ।
जिल्ला, भ्रातृ संगठनको नेतृत्व बाँडफाँट गर्दा विधि, पद्धति, वरीयता नै अनुशरण गर्ने आश्वासन पाएपछि नेता नेपाल समूह त्यतिबेला चुप लागेको थियो ।

Global Ime bank

तर, वरीयता लत्याएर अध्यक्ष केपी शर्मा ओलीले मापदण्डै नपुगेकासमेतलाई टपक्क टिपेर माथिल्लो कमिटीमासमेत जिम्मेवारी दिने तयारी थालेपछि र त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साथ दिएपछि बाध्य भएर अलग सूची तयार पार्नुपरेको ती नेताको जिकिर छ ।

स्रोतका अनुसार एकीकरण प्रक्रिया ढिला भएकाले तल्ला कमिटीमा असन्तुष्टि चुलिएको र अध्यक्षद्वयले सबैलाई मान्य हुनेगरी जिल्ला नेतृत्व बाँडफाँट गर्न लागेको सन्देश लिएर पार्टी महासचिव पौडेल नेता नेपालकहाँ पुगेका थिए । विष्णु पौडेलको सन्देश पाएपछि क्रोधित बनेको नेता नेपाल समूहले त्यसपछि अलग्गै सूची तयार पारेको स्रोत बताउँछ ।

नेपाल निकट स्रोतका अनुसार अध्यक्षद्वयले तयार पारेको सूचीमा नेपाल निकट दुईजना जिल्ला अध्यक्षमात्रै प्रस्तावित छन् । जिल्ला कार्यदलले सर्वसम्मत सिफारिस गरेका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष झम्क नेपाल र दोलखा जिल्ला अध्यक्ष भीमप्रसाद दाहाल मात्रै ओली–प्रचण्डको सूचीमा अटाएका छन् ।

तर, नेता नेपाल पक्षले मापदण्डभित्र पर्ने जिल्लाका वरिष्ठतम पदाधिकारी भन्दै नेतृत्वका लागि प्रस्तावित गरिएको सूचीमा आधा ओली निकटका छन् । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिने बेलामा ओली समूहले एकलौटी गरेकाले कतिपय जिल्ला कमिटीका पदाधिकारी पनि जिम्मेवारीविहीन छन्, राजकीय जिम्मेवारीमा छैनन् ।

अहिले जिल्ला कमिटी एकीकरण गर्दा साविकको कमिटीमा रहेकालाई पाखा लगाउन खोजिएको र योग्यता र मापदण्ड नपुगेको र पदाधिकारी पनि नभएकालाई जिल्ला अध्यक्ष प्रस्ताव गर्न खोजिएको भन्दै प्रतिवाद गरिएको नेपाल समूहको दाबी छ । “निर्वाचनका बेला टिकट पनि आफ्नालाई मात्रै दिने । अहिले एकताको बेला जिम्मेवारी पनि आफ्नालाई मात्रै प्रस्ताव गर्ने यो न्यायसङ्गत हुँदैन, प्रतिरोधस्वरूप समानान्तर सूची बनाएका हौँ,” नेपाल निकट अर्का नेताले भने ।

मतका आधारमा पूर्वमाओवादीलाई जिल्लाको नेतृत्व दिइनुपर्ने 

नेपाल पक्षले तयार पारेको समानान्तर सूचीमा पूर्वमाओवादीलाई जिल्ला छुट्याइएको छैन । यद्यपि प्रदेशगत रूपमा गत निर्वाचनमा माओवादीले बढी मत प्राप्त गरेकै जिल्ला उसलाई दिनुपर्ने तर्क नेपाल समूहको छ । “अधिकांश जिल्लामा एमालेभन्दा माओवादीको मत कमजोर छ । तथापि कमजोरमध्ये बढी मत प्राप्त गरेका जिल्लाहरूनै उसलाई दिइनुपर्छ । यति प्रतिशत भनेर ठाडो भागवण्डा गर्नु न्यायोचित हुँदैन,” नेपाल समूहको तर्क छ ।

नेपाल समूहले एकतापूर्व जो जुन कमिटीको जिम्मेवारीमा थियो, अहिले कमिटी मर्ज गर्दा त्यही कमिटीमा जिम्मेवारी दिइनुपर्ने अडान दोहोर्‍याएको छ । “माथिल्लो कमिटीमा अधिवेशनपछि मात्रै लैजानुपर्छ,” नेपाल समूहको भनाइ छ ।

‘सचिवालय र स्थायी कमिटीमा लैजान्छौँ’

नेपाल समूहले बार्गेनिङका लागि मात्रै सूची तयार पारेको तर्क संस्थापन पक्षको छ । “पार्टीभित्र आफ्नो मत बलियो बनाउन उहाँहरूले विधि, पद्धति, वरीयताको कुरा उठाइरहनुभएको छ, बाह्यरूपमा हेर्दा बार्गेनिङ गर्न खोजिएकोजस्तो देखिन्छ,” नेपाल इतर समूहको दाबी छ ।

तर, नेपाल पक्षले भने कार्यदलले फरक प्रतिवेदन बुझाएको र त्यसआधारमा सूची तयार पारिसकेकाले सचिवालय र स्थायी कमिटीका छलफलको विषय बनिसकेको तर्क गर्छन् । “प्रस्ताव तयार भएपछि कमिटीमा पेस गर्छौं । विषयमा छलफल हुन्छ,” बेदुराम भुसालले बाह्रखरीसँग भने ।

भुसालले भने अमुक–अमुक पक्षका नाममा नभई मापदण्ड (योग्यता, वरीयता) का आधारमा नेतृत्व प्रस्ताव गरिएको जानकारी दिए । “राजकीय जिम्मेवारीमा नरहेका, साविक जिल्ला कमिटीमा पदाधिकारी रहेकाहरू नै नेतृत्वका लागि योग्य हुन्छन्,” उनको तर्क छ ।

फाइल तस्बिर 

यो हो नेपाल समूहले प्रस्ताव गरेको जिल्ला नेतृत्वको सूची

नेपाल समूहले तयार पारेको एकताको मापदण्ड

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC