site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आइपीयूको महासभामा भाग लिन सभामुख महरा कतार प्रस्थान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख कृष्णबहादुर महरा कतारको दोहामा हुने अन्तर संसदीय यूनियन (आइपीयू) को १४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

चैत २३ देखि २७ गतेसम्म चल्ने सो महासभामा उनले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षकअन्तर्गतको छलफलमा उनले नेपालको धारणा प्रस्तुत गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउनेछन् । दिगो विकासका लागि वित्त र व्यापारसम्बन्धी स्थायी समितिको बैठकमा पनि प्रतिनिधिमण्डलका सदस्यले सहभागिता जनाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिमण्डलमा सांसद भुसाल, चौधरी, हरिचरण सिवाकोटी, विमलप्रसाद श्रीवास्ताव, लक्ष्मणलाल कर्ण, संसद् सचिवालयका महासचिव मनोहर भट्टराई र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन् । 

Global Ime bank

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC