site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन पछि नहटे, आफूहरु ‘सुसाइड मिसन’ मा जाने फिलिपिन्सको धम्की
Sarbottam CementSarbottam Cement

एजेन्सी । फिलिपिन्सका राष्ट्रपनि रोड्रिगो ड्रयुटले चीनलाई तत्कालै पछि नहटे आफ्नो सेनालाई ‘सुसाइड मिसन’ मा पठाउने धम्की दिएका छन् । पछिल्लो समय दक्षिण चिनियाँ सागर स्थित फिलिपिन्सले दाबी गर्दै आएको विवादित टापु नजिक चीनको चहलपहल बढेपछि फिलिपिन्स सरकारले यसअघि पनि आक्रोश व्यक्त गरेको थियो । 

फिलिपिन्सका अनुसार थिटु टापु नजिकै हाल २७५ भन्दा धेरै चिनियाँ जहाजहरु देखा परिरहेका छन् । रोड्रिगोले सीएनएनसँग कुरा गर्दै भनेका छन्, “हो हामी साथी बनौँ तर हाम्रो क्षेत्रका टापुहरुबाट चाहिँ टाढै बस । किनकी तिमीहरु त्यहाँ कुनै शंकास्पद गतिविधि सुरु गरे कथाले भिन्दै रुप लिनेछ । म तुरुन्तै मेरा सेनाहरुलाई सुसाइड मिसनका लागि तयारी गर्न आदेश दिनेछु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफ्ना वचन धम्की भन्दा पनि आफ्नो मित्रका निम्ति सुझाव भएको बताएका हुन् । उनले भने, “म बिन्ती गर्ने वा भिख माग्ने छैन । तर मैले अहिले नै भनिरहेको छु त्यहाँबाट टाढा बस किनकि मेरा सेनाहरु पनि त्यहीँ छन् ।” सीएनएनले यसबारे थप प्रतिक्रियाको लागि फिलिपिन्सको सरकारसँग सम्पर्क गरेको हो । जसपछि थिटुमा फिलिपिन्सका १०० सेना रहेको पत्ता लागेको हो । 

२०१९ को सुरुवातदेखि नै दक्षिण चिनियाँ सुमद्रका विवादित क्षेत्रमा तनाव बढ्दै गइरहेको छ । यसरी फिलिपिन्सको प्रमुख टापुबाट केबल ५०० किलोमिटर टाढा रहेको थिटुलाई चीनले पनि आफ्नो दाबी गर्ने गरेको छ । यस्तोमा चिनियाँ जहाजहरु नियमित सो क्षेत्रवरपर देखा परिरहेपछि फिलिपिन्सले चीनको उपस्थितिलाई अवैध बताउँदै स्पष्ट रुपमा फिलिपिन्सको सार्मभौमिकताको उल्लंघन गरिएको ठहर गरेको छ । यसमा माछा मार्ने जहाजदेखि लडाकू जहाज र सुरक्षा जहाजहरु रहेको बताइएको छ । 

Global Ime bank

बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई फलिपिन्ससँगको विवादका बारेमा प्रश्न गर्दा भने उनले दुवै देशका प्रतिनिधिबीच गम्भीर वार्ता हुने बताएका हुन् । उनले भने, “मेरो विश्वासमा छलफल मार्फत दुवै पक्षबीच सहमति नै तपाईँको प्रश्नको सबैभन्दा उचित जवाफ हुनेछ ।”

यसरी चीनले दक्षिण चिनियाँ सागरमा आफ्नो बलियो नियन्त्रण बनाइराख्न पछिल्लो समय थुप्रै कृत्रिम टापुहरु निर्माण गरि त्यहाँ ठूलो स्तरमा सैन्य गतिविधि अघि बढाइरहेको छ । यसप्रति क्षेत्रीय राष्ट्रहरु मात्र नभएर पश्चिमले समेत आपत्ति जनाउँदै आएको छ । यसअघि फिलिपिन्सले आफ्नो क्षेत्रको दाबी गर्न चीनलाई अदालतसम्म पुर्याएको थियो । तर २०१६ मा रोड्रिगो राष्ट्रपति नियुक्त भएपछि भने उनले चीनसँग निकट आर्थिक सम्बन्ध राख्नमा जोड दिइरहेको पाइएको छ । 

२०१८ मा चीन भ्रमणमा जानेबेला उनले ‘मलाई यस समयमा अरु केही होइन केबल चीन मात्र आवश्यक छ’ भनेका थिए । राष्ट्रपति रोड्रिगोले यसअघिका प्रमुखहरुको तुलनामा विवादित क्षेत्रलाई छलफल र वार्तामार्फत समाधान गर्न सकिने किसिमको मुद्दाका रुपमा लिइरहेका छन् । तर यता चीनले भने सो क्षेत्रमा आफ्नो नियन्त्रण दिन प्रति दिन बलियो बनाउँदै गएको छ । रोड्रिगोको प्रशासनले यसअघि २०१८ मा पनि चीनले समुद्र मुनिको तेल र ग्यास सम्म पुग्ने प्रयास गरे युद्ध सुरु गर्ने धम्की दिएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC