काठमाडौं । साओमीले रेडमी ७ र नोट ७ बजारमा ल्याएको छ । कम्पनीले रेडमी सिरिजको नयाँ फोन बजारमा ल्याएको छ । उत्कृष्ट क्यामेरा, कार्यक्षमता र गुणस्तर भएको फोन ल्याएको कम्पनीको दाबी छ । कम्पनीको रेडमी नोट ७ मा ४८ मेगापिक्सेलको रियर क्यामेराहसति उच्चस्तरको गोरिल्ला ग्लास तथा क्वालकोम स्न्यापड्र्यागन ६६० रहेको छ । फोन कम उज्यालो पनि उच्चस्तरको तस्बीर खिच्न सक्षम छ भने उच्च ब्याट्रिक्षमता र टिकाउ तथा मजबुद रहेको छ ।
यो फोन स्पेस ब्ल्याक, नेप्च्युन ब्लू र नेबुला रेड रंगमा उपलब्ध छ । फोनको ३ जीबी र्याम र ३२ जीबी रोम रहेको भेरियन्टको मूल्य २१ हजार ९ सय ९९, ४ जीबी र्याम र ६४ जीबी रोमको २४ हजार ९ सय ९९ तथा ४ जीबी र्याम र १ सय २८ जीबी रोमको २६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
रेडमी ७ भने उच्च कार्यक्षमता भएको फोन हो जुन कम मूल्यमा उपलब्ध छ । यसमा क्वालकोम स्न्यापड्र्यागन ६३२ को प्रोसेसर, टिकाउ ब्याट्री रहेको छ । रेडमी ७, २ जीबी र्याम तथा १६ जीबी रोमको १४ हजार ९ सय ९९ रुपैयाँ र ३ जीबी र्याम तथा ३२ जीबी रोमको १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
नेपालका लागि साओमीका देशीय महाप्रबन्धकले फोन लन्च गर्दै हरेक परिवारमा एउटा साओमी फोन पुर्याउने लक्ष्यसहित कम्पनी नेपालमा आएको बताए । यसो गरे साओमी चाँडै नै नेपालको सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने कम्पनी बन्ने उनको दाबी छ ।