site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माधवी मञ्चन हुँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडाैं । थिएटर प्रज्ञा (प्रज्ञा डबली) ले माधवी नाटक मञ्चन गरेर आफ्नो औपचारिक यात्रा सुरु गर्ने भएको छ । शिल्पी थिएटरमा यही साउन १३ गतेदेखि साउन ३१ गतेसम्म नाटक मञ्चन हुँदैछ । नाटकलाई टंक चौलागाईले नेपालीमा अनुवाद गरि निर्देशन गरेका हुन् ।
घिमिरे युवराज, सरोज अर्याल, राम केएसी, जीवन बराल, अर्चना पन्थी, प्रदिप रेग्मी, किशोर कुमार चौलागाईँ, सविन कट्टेल, आकाङ्क्षा जिसी, शुवी लामा, भावना न्यौपाने,उषा चौलागाईँ, संगीत पोखरेल, राजेन्द्र ओझा, सुरज तमु, सुजन कार्की ढोली, नवराज क्षितिज, दिपिन कुमार घिमिरे, सुशील ढकाल, मधुसुदन ढकाल गायतका कलाकारले अभिनय गगर्नेछन् । 
भीष्म साहनीको माधवीको बारेमा मदनमणि दिक्षित भन्छन्,–माधवीको विषयमा तीनजनाले लेखेका रहेछन् । हिन्दीमा माधवीको बारेमा दुईजनाले लेखेका छन् । एकजना उत्तर प्रदेशका सज्जन, उनलाई भेटेको पनि छैन, किताब पढेको पनि छैन । अर्काे भीष्म साहनी उनको नाटक माधवी पढिसक्या थेँ । अहिले चाहिँ उनले लेखेको माधवीबारे बिर्सिसकेँ । तर, उनलाई भनेको कुरा सम्झना छ । म एकेडेमीमा भएको बेला दिल्लीमा उनलाई भेटेँ । मदनमणि दीक्षित: साहनीजी, तपाईंले माधवीको बारेमा लेख्नुभएछ, तर माधवीलाई पातलो सारी (फ्रेन्च सिफो) लगाइदिनु भएछ । के गर्नुभएको त्यस्तो आधुनिक बनाइदिएर ? भीष्म साहनी: अरे होता हे, जाने दिजिए ।  उनले हाँसेर सामान्य उत्तर दिए ।  
मदनमणि दीक्षितले लेख्नुभएको उपन्यास माधवी नेपाली साहित्यको मानक उपन्यास हो । यही माधवीलाई दुईजना भारतीय लेखकले पनि लेख्नुभएको रहेछ । भीष्म साहनीले लेखेको नाटक माधवी नारीवादी दृष्टिकोणबाट लेखिएको सरल नाटक हो ।  विश्वामित्रको प्रिय शिष्य गालव आफ्नो समावर्तनपछि गुरुदक्षिणा दिने हठमा पुग्छ । विश्वामित्रले गुरुदक्षिणा चाहिँदैन भने पनि उसको हठ बढ्छ । आठ सय अश्वमेधी घोडा गुरुदक्षिणा स्वरूप माग्छन् विश्वामित्रले । ती घोडाहरू आर्यवर्तभरि कतै पनि उपलब्ध थिएनन् । निराश भएर आत्महत्यातर्फ उन्मुख भएको गालवलाई एक ब्राह्मणले दानवीर राजा ययातिको शरण जाने सल्लाह दिन्छन् । कथा सुरु हुने बिन्दु यही हो ।   गालव आश्रमवासी ययातिको ढोकामा पुग्छ । दानस्वरूप पाएको माधवीलाई लिएर गालवको घोडा खोज्ने यात्रा सुरु भएपछि कथाले गति लिन्छ । दानकर्ममा बाबुछोरीबीचको कर्तव्य प्रमुख कारण बनेर आउँछ ।  यात्रामा उनीहरूको प्रेम अनुभूत गर्न सकिन्छ । माधवीको दृष्टिकोणबाट प्रेम देखाउन खोजिएको छ ।   पुत्रका लागि लालायित अयोध्याका राजा हर्यश्चको दरबारमा पुग्छन् । नारीलाई कसरी साधन बनाइएको छ, यो दृश्यले प्रस्ट्याउँछ । छोरीलाई दानमा दिई पठाएर ययाति मख्ख छ ।   कर्तव्यको स्थानमा प्रेमले राज गर्न थाल्छ । आवश्यक पर्ने घोडा एकै स्थानमा नभएपछि उनीहरूको यात्रा कष्टमय बन्छ । माधवी प्रेम प्राप्तिका लागि र गालव घोडा प्राप्तिका लागि यात्रारत देखिन्छन् । आठ सय अश्वमेधी घोडा जुटेका घटनाक्रमहरू रोचक छन् ।   माधवीलाई कति जना राजाले भोग गर्छन् । कुन कुन राजाबाट चक्रवर्ती पुत्रलाई जन्म दिएपछि घोडाहरू उपलब्ध हुन्छन् । यो कुरा नाटकको केन्द्रबिन्दु हो ।    गुरुदक्षिणको माग पूरा भएपछि ययातिको आश्रममा माधवीको स्वयंवर र गालवको समावर्तनको समय एकै दिन पारिएको छ । माधवीलाई भोग गरिसकेका राजाहरू आफ्ना पुत्रहरूको साथमा आएका छन् । गालव माधवीलाई भेट्न आतुर देखिन्छ । गालवको व्यग्रता त्यति खेरै चक्नाचुर हुन्छ, जति बेला माधवीलाई बूढी महिलाको रूपमा देख्छ । माधवी किन बूढी भइन् ? चार जना बालकलाई जन्म दिइसकेकी महिला युवती बनिरहन्छिन् ? उनी युवती बनिरहने तत्त्व के हो ? विश्वामित्र, गालवको हठ, ययातिको कर्तव्य, राजाहरू हर्यश्च, दिवोदास, उशिनरको पुत्र प्राप्तिको अभिलाषा माधवीबाट पूरा भएको छ । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC