खेल
एजेन्सी-नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान सम्मिलित दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा बिहीबार सनराइजर्स हैदरावादलाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको छ ।
फिरोज कोट्ला स्टेडियममा भैरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनाएको हो।
दिल्लीका लागि श्रेयस एयरले सर्वाधिक ४३ रनको योगदमान गरे । क्रिस कोरिसले १३ रन जोड्दा शिखर धावनले ११ रनको योगदान गरे ।
बलिङतर्फ मोहम्मद नावी, भुवनेश्वर कुमार र सिदार्थ काउलले दुई दुई विकेट लिए । त्यस्तै रसिद खान, सन्दीप शर्मा समान एक एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५ २२:०३
प्रतिक्रिया दिनुहोस्