site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप ३५० प्रहरी सक्रीय, मोटरसाइकल चालकलाई सचेत गराइँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बिहीबारबाट थप ३५० ट्राफिक प्रहरी सक्रीय भएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजनाअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्वमा ठूलो संख्यामा प्रहरी सक्रीय भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाले ट्राफिक एक्सन टिम ‘टिएटी’ समूह गठन गरेर प्रहरी परिचालन गरेको छ । जेब्राक्रस प्रयोगमा पैदलयात्रुलाई जानकारी, काठमाडौंका सबै करिडोर सञ्चालनमा ल्याउन, सवारीको धुवाँ प्रदुषणबारे निगरानी राखी कारबाही गर्न महाशाखाले बिहीबारबाट थप संख्यामा ट्राफिक प्रहरी परिचालन गरेको हो ।

बिहीबार उक्त कार्यक्रमको औपचारिक सुरुवात गर्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका साथमा नागरिकले हातोमालो गरेर सडक दुर्घटना न्यूनीकरण गर्नुपर्ने बताए ।

Global Ime bank

“आज हामी खासै ठूलो कार्ययोजना सार्वजनिक गर्दै छैनौं । योजना सार्वजनिक गर्दैमा सडक दुर्घटना न्यूनीकण हुने होइन । ट्राफिक प्रहरीले ल्याएका सुरक्षाका कार्ययोजनालाई सम्पूर्ण चालक र नागरिकले प्रहरीलाई साथ दिएपछि मात्र यस्ता कार्ययोजना सफल हुन्छन्,” महानिरीक्षक खनालले भने, “यसर्थ हामी सबै चालक र नागरिकको सहयोगबाट यो कार्ययोजना सफल हुने अपेक्षा गर्छौं ।”

यस योजनाले मोटरसाइकल, स्कुटीलाई सडम सुरक्षाबारे जानकारी दिने महाशाखा प्रमुख तथा एसएसपी बसन्तकुमार पन्तले बताए । “१५, २० वटा मोटरसाइकल, स्कुटी जम्मा गरेर चालकलाई लेनको ज्ञान, ओभरट्याक र सडक सुरक्षाका विषयमा सचेत गराउने छौं,” एसएसपी पन्तले बाह्रखरीसँग भने, “यो कार्ययोजनाका लागि हाललाई उपत्यकामा करिब ३५० को संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ । यो कार्ययोजनाले सडक सुरक्षाप्रति चालक सचेत हुने र सडक दुर्घटना न्यूकरण हुने विश्वास हामीले लिएका छौं ।”

यस कार्ययोजना कार्यान्वयसँगै उपत्यकामा रहेका सबै करिडोर सञ्चालनमा आउने र मुख्य सडकमा सवारीको चाप केही कम हुने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC