site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईईको प्रश्नपत्र \'लिक\' गर्ने दुई प्रहरीसहित ६ जनामाथि अनुसन्धान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रदेश नम्बर २ मा माध्यामिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र ‘लिक’ लगायतका कार्यमा संलग्न दुई प्रहरीसहित ६ जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित ६ जनामाथि अनुसन्धान सुरु गरेको हो ।
प्रहरीका अनुसार प्रहरी जवान सुनरैत र मण्डलसँगै सप्तरी राजविराजका २८ वर्षीय विष्णुदेव यादव, सप्तरी राजविराज–१६ का २८ वर्षीय शिक्षक मनोज यादव, विद्यार्थी १७ वर्षीय राजेश यादव र उमेश यादव रहेका छन् ।
अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरी जवानबाटै प्रश्नपत्र बाहिरीएको खुलेको छ । ‘‘प्रश्नपत्र राखेको कोठाको साँचो हवल्दारसँग थियो । ती प्रहरीले हवल्दारको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेर इमोमार्फत् आफ्नो भाइलाई पठाएको देखियो । मुख्य संलग्नता उनीहरुकै रहेछ,’ एक प्रहरी अधिकारीले भने । १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । प्रश्नपत्र निकालेर फोटो खिचिसकेपछि उनीहरुले इमोमार्फत् सप्तरी पठाएका थिए । त्यहीँबाट प्रश्नपत्रको किनबेच सुरु र भाइरल भएको एक अधिकारीले बताए । प्रहरी परीक्षार्थी प्रहरीबाटै अनुसन्धान सुरु गरेको थियो । विद्यार्थीले फेसबुक, भाइबर, ह्वाट्स एप ,इमो लगायतबाटै आफ्ना साथीहरुलाई प्रश्नपत्र पठाएको खुलेको छ । प्रश्नपत्र बाहिरीएपछि शिक्षा मन्त्रालयले  एसईईको परीक्षा स्थगित गरेको थियो । 

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC