site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
अधिनायकवादी नभएको प्रमाण देऊ 
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई अधिनायकवादी भएको आरोप मन पर्दैन । कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर प्रचार–प्रसार गरेका शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई जनताले खासै पत्याएनन् र कम्युनिष्टको सरकार पनि आयो, अझ दुई तिहाईकै सरकार आयो । नेपाली कांग्रेसका सभापतिले अझैपनि देश अधिनायकवादी दिशामा गइरहेको आरोप लगाइरहेका छन् । यसरी आरोप लगाएको नेकपाका जुम्ल्याहा अध्यक्षमध्येका एक तथा एक्ला प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्त बुझेको छैन । प्रम ओलीले नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्, अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्नका लागि । फेरि उनी आफैंले यस्तो गलत प्रचार गरेपनि जनताले नपत्याउने र देश अधिनायकवादतर्फ नभई उन्नत लोकतान्त्रिक समाजवादतर्फ उन्मुख भएको पनि दाबी गरेका छन् । तर, अधिनायकवादी भएको प्रमाण भाषणबाट हुँदैन, काम गरेर प्रमाणित गरिनु पर्छ ।

अधिनायकवादी भनेको त्यस्तो सरकार हो, जसले राज्य सञ्चालनका सम्पूर्ण अवयवमा आफ्नो नियन्त्रण खोज्दछ र सरकारी कामको विरोध गर्ने समूह वा नागरिक समाजको मुख बन्द गर्ने कोसिस गर्दछ । कुनैपनि लोकतान्त्रिक संविधानमा सरकारका तीन अंगलाई स्वतन्त्र ढंगले र एकअर्काको काममा सन्तुलन ल्याउने अधिकार दिइएको हुन्छ । तथापि प्रतिनिधिसभामा बहुमत ल्याउने दलको नेताले सरकार चलाउने काम बाहेक संसदबाट ऐन, कानुन बनाउन पनि प्रभुत्व जमाउन सक्दछ । यदि सरकार लोकतान्त्रिक मनको छ भने विधायिकीमा दलको बहुमत भएता पनि प्रतिनिधिसभालाई स्वतन्त्र बनाएर लोकतन्त्रप्रतिको प्रतिबद्धता स्पष्ट पार्छन् ।  तर लोकतान्त्रिक भनिने कुनैपनि राजनीतिक दल वा सरकारले न्यायालयमा हस्तक्षेप गर्दैन । सबैले स्पष्ट देखेका छन्– नेपालको न्यायालयमा राजनीतिक दलको भागबण्डा हुन्छ र सरकारले न्यायाधीश नियुक्तिमा सिधै हस्तक्षेप गर्दछ । त्यसैले यो सरकारको सोच अधिनायकवादी हो भनेर प्रमाणित गरिरहनु पर्दैन । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि न्यायाधीश नियुक्तिमा भागवण्डा पायो भन्दैमा न्यायालयमा हस्तक्षेप नगरेको ठहर्दैन । न्यायालय माथि कार्यकारी र राजनीतिक दलको गलत दबाब र प्रभाव अधिनायकवाद हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिनायकवादको अर्को उदाहरण विरोधीको मुख थुन्ने प्रयास हो । साधारणतया विरोधी स्वर प्रेस वा मिडियाबाट मुखरित हुने कारणले अधिनायकवादी सरकार मिडियालाई कमजोर पार्ने हरसम्भव कोसिस गरिरहन्छ । प्रेस काउन्सिल, राष्ट्रिय सूचना आयोग, पत्रकारिता सम्बद्ध विभिन्न अस्थायी आयोग आदिको नेतृत्व र कार्यकारी भूमिकामा सकभर राजनीतिक दलका निकटतम व्यक्तिलाई नियुक्ति दिएर सरकार विरोधीको आवाज कम गर्ने कोसिस गर्दछ भने त्यो कार्यलाई अधिनायकवादी कार्य भनिन्छ । ओलीको सरकारले ल्याएका नयाँ कानुनले पत्रिकालाई नियन्त्रणमा लिने कोसिस गर्दै गरेको देखिन्छ । सरकारको काम र व्यवहारले मात्र त्यस्ता कानुनको गलत प्रयोजन नहुने प्रत्याभूति गर्दछ । 

वाक् स्वतन्त्रता तथा जनताको सूचनाको हक असीमित पक्कै पनि हुँदैन । जातीय सहिष्णुता, राष्ट्रिय अखण्डता, मानवियता जस्ता विषयमा पत्रकारले विचार पुर्‍याएरै लेख्नु पर्दछ र गल्ती गरेको खण्डमा सजायको भागिदार पनि हुनु पर्दछ । त्यस्तै, कसैको मानहानीको विषय होस् वा सामाजिक रुपमा असह्य हुने सामग्री होउन्, पत्रकारले जथाभावी प्रकाशित गर्न सक्दैन । तर समस्या के हो भने माथिका सबै शर्तलाई सरकारको सोच र व्यवहार अनुरुप परिभाषित गरिन्छ । भारत र कतिपय लोकतान्त्रिक भनिएका मुलुकमा पनि निर्वाचनका माध्यमबाट आएका अधिनायकवादी सरकारले विरोधीको स्वर दबाउन र प्रेसलाई नियन्त्रण लिन नियोजित प्रयास गरेका धेरै प्रमाण सर्वत्र देखिन्छन् । त्यस्ता अधिनायकवादी कार्य लोकतान्त्रिक देशबाटै सिकेर लागु गरेता पनि अधिनाकवादी कदम नै हुन्छन् । 

Global Ime bank

त्यसैले प्रेस स्वतन्त्रताको असीमित अधिकारलाई एउटा हदसम्म नियन्त्रण गर्न बनेका ऐन र कानुनको कतिसम्म घृणित प्रयोग गर्छ भनेर सरकारलाई अधिनायकवादी हो वा होइन भनेर चिन्न सकिन्छ । द न्यूयोर्क टाइम्सका प्रकाशक सोल्जवर्गले विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओलीलाई सोधेजस्तो प्रश्न विदेशी शक्तिबाट आउन थाल्यो भने अधिनायकवादको प्रवेश विश्व जगतलाई थाहा हुन्छ । आफूलाई अधिनायकवादी नभन भनेर विपक्षीलाई चेतावनी, धम्की र आग्रह गर्नुभन्दा आफू अधिनायकवादी नभएको प्रमाण दिन सरकार अघि बढोस् । 
फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC