site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसी मोर्चाका सबै माग पूरा गर्छौं : मीन विश्वकर्मा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष प्रचण्डका नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे । रिर्पोटस् क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले अघि थपे, “सबै प्रक्रिया पूरा भएर एक हप्ताभित्र नयाँ सरकार गठन हुन्छ, यसमा कुनै शंका नै छैन ।” 
कांग्रेस र माओवादी केन्द्रबीच ७ बुँदे सहमति अनुरुप नै सरकार सञ्चालन गरिने दाबी गरे । पछिल्लो नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर चीनले जारी गरेको विज्ञप्ती स्वभाविक चासोको रुपमा आफूहरुले लिएको उनको भनाइ थियो । उनले भने, “चीनले यसरी चासो व्यक्त गर्नु स्वभाविक हो, यसलाई कांग्रेसले आन्तरिक हस्तक्षेपको रुपमा लिने कि के गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ, यो हाम्रो आन्तरिक राजनीतिक अवस्थाले गर्दा उत्पन्न भएको चासो हो । अतः चीन–भारतलाई गाली गरेरमात्रै नेपालको समस्या समाधान हुँदैन् ।”
नयाँ सरकारले स्वभाविक रुपमा आन्दोलनरत मधेसी मोर्चाका मागहरुलाई सम्बोधन गर्नेगरि काम गर्ने उनको विश्वास थियो । उनले भने, “एमालेको नेतृत्वको सरकारले मधेसीलगायत विभिन्न असन्तुष्ट पक्षहरुको आवाजलाई सुन्नै चाहेन, बरु दुश्मनीको रुपमा लियो, चिसोपना बढायो, हामी अत्यन्तै संयममित भएर उहाँहरुको मागलाई कसरी हल गर्न वा सम्बोधन गर्न सकिन्छ भनेर लागिपरेका छौं, सम्भवतः हामी उहाँहरुको माग पूरा गराउन सफल हुन्छौं ।”
उनले केपी ओली नेतृत्वको सरकारले मधेशीलाई विदेशी देखेको समेत गुनासो पोखे । 
विश्वकर्माले मधेशी मोर्चाले अघि सारेका मागहरु नयाँ सरकारले तीन चरणमा पुरा गर्ने जनाए । उनका अनुसार पहिलो चरणमा संविधान संशोधन मार्फत सम्बोधन गर्ने, दोस्रो चरणमा राजनीतिक आन्दोलनले उब्जाएका समस्याहरुको समाधान गर्ने, र तेस्रो चरणमा न्यायिक छानविन समिति गठन गर्ने रहेको छ । 
संविधान कार्यान्वयन, तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्ने र मुलुकलाई आर्थिक समृद्धिकोलागि सबै राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता गर्दै अघि बढ्ने विश्वकर्माको विश्वास थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC