site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थलमा गरिएको फोहोर विवेकशील पार्टीका कार्यकर्ताले तह लगाएछन् । घटना सानो ठाने सानै हो तर विवेक र संस्कारको कसीबाट हेर्ने हो भने कुनै राजनीतिक दल वा व्यक्तिका लागि लाजैमर्दो पनि हो । हाम्रा राजनीतिक दलहरूको महधिवेशन मूलतः चुनावमा केन्द्रित र सीमित हुन्छन् । नीति कार्यक्रम वा अरू पक्ष सीमित नेताका चासोका विषय बन्छन् । राप्रपाको महाधिवेशन पनि अपवाद नहुनु अस्वाभाविक होइन । चुनावमा सकेसम्म धेरै पर्चा छर्नु वा बाँड्नुपर्छ भन्ने मानसिकता विद्यार्थी नेतामा त छ भने राप्रपाका नेता कार्यकर्तामा नहुने कुरै भएन । त्यसमाथि व्यक्तिवादी राजनीतिमा दीक्षित पञ्चहरूको बाहुल्य भएको राप्रपामा सबै उमेदवारले पर्चा छर्न बाँड्न होडवाजी गर्ने नै भए । त्यसैले उनीहरूको महाधिवेशन स्थलमा फोहोर थुप्रिने नै भयो । त्यसरी भए गरिएको फोहोर आफैँले फालेको भए विवेकशील पार्टीले राप्रपालाई 'कुरी कुरी' गर्न पाउने पनि थिएन ।

राप्रपाको एकता महाधिवेशन अपेक्षाकृत शान्त र शालीनरूपमै सम्पन्न भयो । निर्वाचनमा पनि व्यक्तिगत लाञ्छना वा गुटगत तँछाड्मछाड्का अशोभनीय घटना ठूला दलहरूमा जस्तो बाहिर आएनन् । राप्रपाको वैचारिक पक्ष पनि बढी स्पष्टसँग प्रस्तुत भयो । यसपटक राप्रपाले आफूलाई पूर्वपञ्चहरूको संगठनमात्र हैन परिपक्व राजनीतिक दल पनि हो भन्ने सिद्ध गर्‍यो । तर, यति धेरै सकारात्मक उपलब्धि हुँदाहुँदै पनि सानो त्रुटिले राप्रपा संस्कारहीन दलमा दर्ता भयो । आफूले गरेको फोहोरसम्म पनि तह नलगाउनेलाई पक्कै पनि सभ्य र राजनीतिक संस्कार तथा सामाजिक चेत भएको संगठन मान्न सकिँदैन । जथाभावी फोहोर फाल्न लाज नमान्ने असभ्य प्रवृत्ति राप्रपामा पनि देखियो । राप्रपा वा समाज कल्याण परिषद्का अधिकृतले जे भने पनि फोहोर सफा गर्ने दायित्व सकारेनन् ।       

प्रचार मूल्य बढी भएकाले विवेकशील नेपाली दलले राप्रपाले गरेको फोहोर सफा गरेकोमा सायद सन्देह गर्नुपर्दैन । तर, जुनसुकै मनसाय रहे पनि विवेकशीलका कार्यकर्ताले अरूले गरेको फोहोर तह लगाएका त हुन् । यसैले तिनलाई स्याबास् भन्न हिचकिचाउनु पर्दैन । साथै, राजनीतिक दलले सामाजिक दायित्व बोध पनि गर्नुपर्छ भन्ने पाठ पढाएका छन् । सत्ता वा प्रतिपक्षी दलका नेताका लागि विवेकशीलको पाठको खासै महत्त्व पनि नहोला । सहर सफा गरेर न सरकार बन्छ न ढल्छ ! तर, राजनीतिमा दायित्व बोध, क्रियाशीलता र सामाजिक उत्तरदायित्व पनि हुन्छ भने विवेकशीलको सानो प्रयासले ठूलो सन्देश दिएको मान्नुपर्छ । राजनीतिक संस्कार भए राप्रपाका नेताले विवेकशील पार्टीका कार्यकर्तालाई धन्यवाद भन्दै काठमाडौंवासीसँग क्षमा याचना गर्नु उचित हुनेछ । अरू दलका नेताले पनि अब आफूले गरेको फोहोर सफा नगरे विवेकशील पार्टीले कुरी कुरी भनिहाल्छ भनेर सतर्क हुनु जरुरी भएको छ । जनताले कुरी कुरी भन्नुभन्दा पहिले नै राजनीतिक नेता र कार्यकर्ताले जे गरे पनि हुन्छ भन्ने सामन्ती मानसिकताबाट सबै मुक्त हुनु आवश्यक छ ।   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC