site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वभर ११ करोड ३० लाख व्यक्तिमा ‘अत्यधिक भोकमरी’ को समस्या 
Sarbottam CementSarbottam Cement

एजेन्सी । सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसङ्घले मंगलबार जानकारी गराएको छ ।

युद्ध र जलवायु समस्याका कारण निम्तिएका विपत्तिका कारण अफ्रिका र विश्वका अन्य मुलुकहरूमा खाद्यान्न अभाव हुँदा भोकमरीको समस्या भएको हो ।

  द्वन्द्वग्रस्त मुलुकहरू यमन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अफगानिस्तान र सिरियालगायतका विश्वका आठ मुलुकमा सम्पूर्ण जनसङ्ख्याको दुई तिहाइ जनतामा भोकमरीको खतरा रहेको राष्ट्रसङ्घ खाद्यान्न तथा कृषि संगठनले सन् २०१९ का लागि तयार पारेको विश्वव्यापी खाद्यान्न सङ्कट प्रतिवेदनमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन कर्ष पहिलेदेखि शुरू गरिएको यो बार्षिक अध्ययनले विश्वका धेरै मुलुकहरू खाद्यान्न सङ्कटको समस्याबाट अघि बढेको देखिएको जनाएको हो । अफ्रिकी मुलुकहरूमा अन्य मुलुकको अनुपातमा बढी खाद्यान्न सङ्कट रहेको छ । अफ्रिका महादेशका करिब सात करोड २० लाख जनता अति भोकमरीको समस्याबाट गुज्रिएको एफएओका आपतकालिन मामिला हेर्ने निर्देशक डोमिनिक बोर्जियनले एएफपीसँग भने ।

द्वन्द्व र असुरक्षा भोकमरी सिर्जना हुनुको प्रमुख कारक रहेपनि आर्थिक कमजोरी, खडेरी तथा बाढीजस्ता जलवायुजन्य सङ्कटका कारण पनि यो समस्या विकराल बनेको प्रतिवेदनमा उल्लेख छ ।

Global Ime bank

भोकमरीको खतरामा रहेका मुलुकहरूमध्ये झण्डै ८० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको बोर्जियनले बताउनुभयो । उनीहरूलाई खाद्यान्नका लागि आपतकालिनरूपमा मानवीय सहयोग र कृषि उत्पादन बढाउने उपायको विकल्प नरहेको उहाँको भनाई छ ।

पछिल्लो समय भेनेजुयलामा देखिएको राजनीतिक सङ्कटका कारण यहाँका जनतामा पनि खाद्यान्न अभावको समस्या विकराल देखिएको उनले बताए ।

प्रतिवेदनले ठूलो सङ्ख्यामा शरणार्थीको भार बोक्न बाध्य इराक, सिरिया, बङ्गलादेशमा रहेका व्यक्तिले पनि अत्यधिक खाद्यान्न अभावको झमेला व्यहोर्नुपरेको बताइएको छ ।
यद्यपि सन् २०१७ को तुलनामा यो समस्याबाट पीडित विश्वको जनसङख्यामा भने कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सन् २०१७ मा १२ करोड ४० लाखको हाराहारी विश्वको जनसङ्ख्याले अति भोकमरीको समस्या व्यहोरेको थियो । सन् २०१८ मा मौसमी अनुकुलता तथा सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकमा अघिल्ला बर्षको तुलनामा शान्तिपूर्ण अवस्था आएकोले यो समस्यामा गत बर्ष केही कमी आएपनि यसलाई स्थिर परिणामका रूपमा हेर्न नमिल्ने एफएओले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC