site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । 

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदहरुले प्रतिपक्षी नेकपा एमालेलगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिए । 
प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गरे । 
बैठकमा सहभागी कांग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न कांग्रेस एक ढिक्का भएर लाग्ने बताए ।  ‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको उनको भनाइ थियो । पूरक पूस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा व्यक्त गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC