site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बानेश्वरमा स्कुटरलाई ठक्कर दिने सशस्त्रका चालकलाई कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबार नयाँ वानेश्वर चोकमा स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरीको पछुवा गाडीका चालक सन्तोष घिमिरेलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  शुक्रबार नयाँ वानेश्वर सडक खण्डमा भएको दुर्घटनामा संलग्न बा १ झ ९५२७ को सवारी चालकले लापरवाहीका साथ सवारी चलाएको हुँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी ऐन बमोजिम कारबाही गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले चालक घिमिरेलाई लापरबाही सवारी चलाएको कसुरमा कारबाही गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

“यसअघि सशस्त्र प्रहरी र स्कुटी चालक आपसी सहमतिमा मिल्ने गरी यो केस ट्राफिकमा आएको थिएन,” महाशाखाका असई निरज थापाले भने, “त्यहाँबाट स्कुटी चालकले कारबाहीको माग राख्दै यहाँ आएपछि भेन चालक सन्तोष घिमिरेलाई कारबाही गरिएको हो ।” 
चालक घिमिरेलाई पाँच सय रुपैयाँ जरिबानाको चिट थमाएको ट्राफिक प्रहरीले जनाएको छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  ०५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC