site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल राष्ट्र बैंकमार्फत् वाणिज्य बैंकहरूले बिक्री गर्दै आएको सुन कम गुणस्तरको भएको व्यवसायीले बताएका छन् । 
अन्तर्राष्ट्रिय मान्यताअनुसार सुनको गुणस्तर ९.९९ हुनुपर्नेमा वाणिज्य बैंकहरूले बिक्री गर्दै आएको सुनको शुद्धता ९.९५ मात्र भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउने क्रममा वाणिज्य बैंकले दिने सुनको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएकाले ९.९९ शुद्धता हुनुपर्ने सुझाव दिएको थियो । वाणिज्य बैंकले ल्याउने सुनको गुणस्तर ०.४ कम रहेको महासंघले जनाएको छ । 
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले वाणिज्य बैंकले बेच्ने सुन कम गुणस्तरको हुने गरेको  बताए । सरकारले नै सुनको गुणस्तर निर्धारण नगरेकाले कम शुद्धता भएको सुन आयात हुने गरेको उनको भनाइ छ । “बजार भाउचाहिँ अन्तर्राष्ट्रिय स्तरको तोक्ने तर सुन कम गुणस्तरको आयात गर्ने काम भइरहेको छ,” शाक्यले भने, “यसलाई रोक्न हामीले राष्ट्र बैंकलाई सुझाएका छौं । हालसम्म यसका लागि पहल भएको छैन ।” 
वाणिज्य मन्त्रालयले पनि सुनको शुद्धता निर्धारणका लागि तयारी गरिरहेको उनले बताए । सुनको गुणस्तर ९९९९ हुनुपर्ने उनले जानकारी दिए । बजारमा कम गुणस्तरको सुन बिक्री भइरहेको महासंघले स्वीकार गरेको छ । “बैंकहरूले नै कम गुणस्तरको बेच्छन् । सरकारले पनि शुद्धता कायम गर्न सकेको छैन भने हामीले कसरी गुणस्तरीय सुन बेच्ने ?” शाक्यले प्रश्न गरे । सुनको गुणस्तरमा एकरूपता कायम गर्न व्यवसायीलाई कुल मागको आधा सुन ल्याउन दिनुपर्ने उनको भनाइ छ । 
सिजनमा दैनिक ३५ किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले घटेर १० किलोभन्दा तल झरेको छ । मंगलबार सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । वुधबार पनि यही मूल्यको हाराहारीमा सुनको कारोबार हुने महासंघले जनाएको छ । कुल मागमध्ये वाणिज्य बैंकहरूले दैनिक १५ किलोसम्म सुन ल्याउने गरेका छन् ।
 
कोटा बढाउन माग
पर्याप्त रूपमा सुन आपूर्ति नहँुदा कालोबजारी, तस्करी र अभाव हुने गरेको भन्दै महासंघले कोटा बढाउन माग गरेको छ । औसत दैनिक ३० किलो सुन आयात भए सहज आपूर्ति हुने महासंघले जनाएको छ । अहिले विदेशबाट फर्किंदा ल्याउन पाउने ५० ग्राम सुनको कोटा पनि हटिसकेको छ । व्यवसायीका अनुसार माग पूरा गर्न वार्षिक १० हजार ९ सय ५० किलो सुन आवश्यक पर्छ । वाणिज्य बेैंकहरूले राजधानीमा मात्र सुन बिक्री गरिरहेकाले यसलाई विकेन्द्रित गर्नुपर्ने महासंघको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC