site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बानेश्वरमा स्कुटरलाई ठक्कर दिने सशस्त्रका चालकलाई कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । भीआइपी सवारी स्कर्टिङमा शुक्रबार नयाँ बानेश्वर चोकमा स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरीको भ्यानका चालक सन्तोष घिमिरेलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

शस्त्र प्रहरीको उक्त भ्यानले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सवारीलाई स्कर्टिङ गरिरहेको थियो । भ्याले बा ४५ प २९३४ नम्बरको स्कुटीलाई दायाँबाट ओभरट्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।
 
नयाँ बानेश्वर सडक खण्डमा भएको दुर्घटनामा संलग्न बा १ झ ९५२७ को सवारी चालकले लापरबाहीका साथ सवारी चलाएको हुँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी ऐन बमोजिम कारबाही गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले चालक घिमिरेलाई लापरबाही गरेर सवारी चलाएको कसुरमा कारबाही गरेको हो ।
 
“यसअघि सशस्त्र प्रहरी र स्कुटी चालक आपसी सहमतिमा मिल्ने गरी यो केस ट्राफिकमा आएको थिएन,” महाशाखाका असई निरज थापाले भने, “त्यहाँबाट स्कुटी चालकले कारबाहीको माग राख्दै यहाँ आएपछि भ्यान चालक सन्तोष घिमिरेलाई कारबाही गरिएको हो ।” 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC