site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राहतमा खटिन राजपाद्वारा कार्यकर्तालाई निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनशक्ति पार्टी (राजपा)ले  आइतबार बेलुका आएको विनाशकारी आँधी, हावाहुरी र असिनापानीले बारा, पर्सा र रौतहटमा ४० जनाभन्दा बढीको ज्यान गएको र करीव ४०० भन्दा बढी घाइते भएको भन्दै त्यसले आफ्नो पार्टीलाई स्तब्ध बनाएको जनाएको छ । सो पार्टीका संयोजक शरतसिंह भण्डारीले सोमबार जारी गरेको वक्तव्यमा मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । 

उनले वक्तव्यमा पूरै पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा लाग्न आग्रह समेत गरेका छन् । प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको यस दुःखद घटनामा देखाएको तत्परताको प्रशंसा गर्दै संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा यथासिघ्र लाग्न आग्रह गरेको छ । 

राजापाले वक्तव्यमा भनेको छ, ‘‘पार्टीले राहत कार्यको लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै पार्टीका नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारहरुलाई सहयोग गर्न आमनागरिक, व्यवसायी, उद्योगी, संघ–संस्था तथा देश विदेशमा रहेका सबैलाई यस्तो दुःखद घडीमा आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ ।’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC