२०७५ चैत १७ – २२ गतेसम्म
मेषः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मानसम्मान मिल्नेछ । सोम, मंगल, बुधबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । बृहस्पति, शुक्रबार अनावश्यक खर्च र आडम्बरले सताउन सक्नेछ ।
वृषः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार आध्यात्मिक क्षेत्रमा रुचि कम हुनेछ । सोम, मंगल, बुधबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बृहस्पति, शुक्रबार राम्रो सफलता र लाभ मिल्नेछ ।
मिथुनः साता अनुकूल रहनेछ । शनि, रविबार नितान्त प्रतिकूल रहनेछ । सोम, मंगल, बुधबार मध्यम प्रायः रहनेछ । स्वास्थ्यप्रति सावधान रहनु पर्नेछ । बृहस्पति, शुक्रबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कर्कटः साताको सुरु अनुकूल रहनेछ । शनि, रविबार सुखद यात्रा, व्यापार व्यवसाय पारवहन कार्य निकै सहज रहनेछ । सोम, मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार धार्मिक क्षेत्रमा सफलता प्राप्त गर्न निकै कठिन हुनेछ ।
सिंहः साताको सुरु देखि देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । सोम, मंगल, बुधबार भेटघाट एवं यात्राको योग रहेको छ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
कन्याः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार सावधानयोग्य रहनेछ । मनमा चिन्ता बढ्नेछ । सोम, मंगल, बुधबार आटे ताकेको काम सजलै बन्नेछ । बृहस्पति, शुक्रबार पारिवारिक सहयोग प्राप्त हुनेछ ।
तुलाः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रविबार नितान्त प्रतिकूल रहनेछ । सोम, मंगल, बुधबार चिन्ता प्रधान रहनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । बृहस्पति, शुक्रबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ ।
वृश्चिकः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । सोम, मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार चिन्ता लिन सकिनेछ ।
धनुः साताको मध्य भागका दिनहरु अनुकूल रहनेछन् । शनि, रविबार बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । सोम, मंगल, बुधबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
मकरः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । सोम, मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
कुम्भः साताको सुरु र अन्तिम बाहेकका बाँकी दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगल, बुधबार महत्वपूर्ण र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । आर्थिक विचलन देखिन सक्नेछ ।
मीनः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार नवीन आयस्रोत जुट्नेछ । मन प्रसन्न रहनेछ सोम, मंगल, बुधबार मुख्य काममा व्यवधान आउन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । बृहस्पति, शुक्रबार भाग्यवृद्धि हुनेछ ।