site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र को बैठकले स्थानीय निकायको सीमा निर्धारणको विषय टुङ्ग्याएर चैतसम्ममा निर्वाचन गर्ने गरी अघि बढ्ने सहमति गरेका छन् । 
दुई दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । “व्यावहारिक र वैज्ञानिक रुपमा सीमा निर्धारण गरी छिटो स्थानीय निकायको निर्वाचन गर्ने विषयमा बैठकमा छलफल भयो, नेकपा एमाले र मधेसी मोर्चा लगायतका राजनीतिक दलसँग पनि बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको छ”–उनले भने। 
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायत नेताको सहभागिता थियो । 
स्थानीय निकाय पुनःसंरचनाका विषयमा मङ्गलबार पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताबीच छलफल गरेको कांग्रेसले आज पनि छलफललाई निरन्तरता दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC