site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीमा निर्धारण सकेर चैतसम्म निर्वाचन गर्ने कांग्रेस/ माओवादी सहमति
Ghorahi CementGhorahi Cement

काठमाडौँ, १२ साउन । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बैठकले स्थानीय निकायको सीमा निर्धारणको विषय टुङ्ग्याएर चैतसम्ममा निर्वाचन गर्ने गरी अघि बढ्ने सहमति गरेका छन् ।

दुई दलको आज सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राससलाई जानकारी दिए । “व्यावहारिक र वैज्ञानिक रुपमा सीमा निर्धारण गरी छिटो स्थानीय निकायको निर्वाचन गर्ने विषयमा बैठकमा छलफल भयो, नेकपा (एमाले) र मधेसी मोर्चा लगायतका राजनीतिक दलसँग पनि बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको छ”–उनले भने ।

Agni Group

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायत नेताको सहभागिता थियो ।

स्थानीय निकाय पुनःसंरचनाका विषयमा मङ्गलबार पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताबीच छलफल गरेको काँग्रेसले आज पनि छलफललाई निरन्तरता दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC