site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नयाँ सरकारमा सहभागी हुने आकांक्षी बढी भएपछि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री चयन भएपछिमात्रै सरकारमा सहभागी मन्त्रीहरूको टुंगो लगाउने बताएको छ ।
“सबै सांसद मन्त्री हुन पाउनुपर्ने जिकिर गर्छन्,” प्रचण्ड निकट स्रोतले भन्यो, “आजै टुंगो लगाउन सकिने अवस्था छैन ।”
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पनि प्रधानमन्त्री चयन भएपछि मात्रै मन्त्रीको टुंगो लगाउने जानकारी दिइन् । “पहिला प्रधानमन्त्रीको निर्वाचन हुन्छ । त्यसपछिमात्र माओवादीबाट को–को मन्त्री पदमा जाने भन्नेबारेमा छलफल हुन्छ,” भुषालले भनिन् । 
पछिल्लो राजनीतिक घटनाक्रम, कांग्रेससँग भएको सम्झौतालगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको हेडक्वार्टर बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बस्दैछ । बैठकमा नयाँ प्रधानमन्त्रीको चयनबारे कांग्रेससँग भएको छलफल तथा पार्टी संगठनको पूर्णताका बारेमा छलफल हुन लागेको प्रवक्ता भुषालले बताइन् । 
आगामी सरकारको नेतृत्व माओवादीलाई दिने गरी यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रबीच समझदारी भइसकेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC