site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कारवाहीको माग गर्दै देउवाविरुद्ध अनुशासन समितिमा उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता गरिएको छ ।  कांग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवाविरुद्ध कारवाहीको माग गर्दै बिहीबार अनुशासन समितिमा उजुरी दर्ता गराएका हुन् । 

उनले बिहीबार अपरान्ह ४ वजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाविरुद्ध कारवाहीको माग गर्दै उजुरी दर्ता गरेको जानकारी दिएका छन् ।  महासमिति सदस्य बजगाईले बाह्रखरीसँगको कुराकानीमा आफूले दिएको उजुरीको दर्ता नम्बर ११५ भएको पनि बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले उजुरीमा भनेका छन्, “दोस्रो संविधानसभाबाट पहिलो बनेको पार्टी र त्यसको नेतृत्वमा महाप्रस्थानको आधा गन्तव्यबाटै प्रातःस्मरणीय सुशील कोइरालाबाट जिम्मा लगाइएको पार्टीको शर्मनाक हार गराउनु भएको त छँदैछ, त्यसबाहेक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो ? यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन की सिंगो पार्टीको साख गिरेको छ । यसकारण शेरबहादुर देउवामाथि कारवाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु ।”

यस्तो छ उजुरी

Global Ime bank

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC