विदेश
न्यूजील्याण्ड । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले फेसबुकले ‘सेतो राष्ट्रवाद’लाई रोक लगाउने निर्णय फेसबुकले गरेकोमा स्वागत गरेकी छन् ।
उनले विहीबार सञ्चारकर्मीसँग कुरा गर्दै तर न्यूजील्याण्डको क्राइस्ट चर्चस्थित मश्जिदमा गरिएको जस्तो आक्रमण रोक्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको जनाएकी छन् । फेसबुकले सेतो राष्ट्रवाद, पृथकतावाद र आतंककारी गतिविधिलाई आउँदो सातादेखि आफनो सामाजिक सञ्जालमा रोक लगाउने घोषणा गरेको थियो । (ग्लोबल टाइम्स)
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५ १२:५०
प्रतिक्रिया दिनुहोस्