site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाली जनतासँग मोदीले माफी माग्नुपर्ने मोर्चाको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भूकम्पको मारमा परेका नेपाली तंग्रिन नपाउँदै नाकाबन्दी गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता समक्ष माफी माग्नुपर्ने जनाएको छ ।

भोलि देखि सुरु हुने दुई दिने लगानी सम्मेलनमा पनि भाग लिने गरी भारतीय विदेशसचिव विजय गोखले आज नेपाल आउन लागिरहेको सन्दर्भमा एक वक्तव्य जारी गरी सो मोर्चाका प्रमुख फणिन्द्र नेपालले सो माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भारतीय प्रधानमन्त्रीले नेपाली जनता समक्ष औपचारिक रुपमा माफी नमागेसम्म मोर्चाले त्यो कार्यको विरोध गरिरहने समेत जनाएका छन् । 

उनले वक्तव्यमा भनेका छन्,‘‘ नेपालको ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेर स्वतन्त्रताको दुहाइ दिने अनि भूकम्पको मारमा परेर तंग्रिन नपाउँदै हामीमाथि नाकाबन्दी लगाएर मानवअधिकारको नारा दिने भारतको राक्षसी प्रवृत्तिको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा घोर भत्र्सना र विरोध गर्दछ । यस किसिमको विरोधको क्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासमक्ष औपचारिक रूपमा माफी नमागेसम्म मोर्चाले निरन्तर जारी राख्नेछ । ’’

Global Ime bank

उनले वक्तव्यमा भारतले विगतमा दिने प्रतिबद्धता जनाएको सहयोग पनि नदिएको भन्दै आलोचना समेत गरेका छन् । 

 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC