site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त नवीन सहकार्यको सुरुवात गरको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रिड परियोजनाका माध्यमबाट त्यहाँका स्थानीयलाई ऊर्जा र सञ्चारका लागि मोबाइल सेवा सुनिश्चित गरेकोे छ ।
एनसेलले घाम पावर प्रालिसँग एनसेल एक सम्झौता गरेको छ । यो सम्झौताअनुसार, घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेल प्रतिबद्ध छ । जसले गर्दा घाम पावरको यो अफ ग्रिड सिस्टमलाई लागू गर्न र दिगोपना दिन व्यावसायिक रूपमा सम्भव हुनेछ । यी लघु ग्रिडहरुसँग सौर्य उर्जा आपूर्तिको थप क्षमता पनि भएको हुनाले यो सहकार्यले स्थानिय समुदायहरुको विद्युतीकरणमा योगदान बाहेक नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको पनि सिर्जना गर्छ ।
सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा घाम पावरले एसियाली विकास बैंकको इनर्जी फर अल प्रोग्रामअन्तर्गत अनुदान सहगोय प्राप्त गरी यो सौर्य लघु ग्रिडको निर्माण गरेको हो । डिओइएन फाउन्डेसन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् । मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घाम पावरलाई मोबाइल टावर, स्थानीय समुदाय र व्यावसायीक गतिविधिहरुका लागि उर्जा आपूर्ति गर्न सहगोग गर्ने हेतुले सौर्य लघु ग्रिड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् इनोभेसन्स ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो । 
 यही सहकार्यअन्तर्गत एनसेलले खोटाङ्को च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानी गाविसको घुर्मिमा गरी दुईवटा सौर्य ऊर्जाबाट सञ्चालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिसहरुलाई मोबाइल सेवाको पहुँच दिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC