site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डाटसनको रेडी गो अर्वन कार बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ अर्वन क्रस कार नेपाली बजारमा भित्रिएको हो । डाटसन गाडीको नेपाली बिक्रेता पायोनियर मोटोकर्पले राजधानीमा ल्याएको हो । ‘रेडी गो’ फेमिली हृयाचब्याक कार हो । यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा यो कारले हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसअघि भित्रिएको डाटसन गो र गो प्लस नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेका छन् ।
कम मूल्यमा अत्यधुनिक फिचर भएको कार खोज्नेहरुका लागि डाटसन ‘रेडी गो’ उत्कृष्ट मोडल हो । यो कारमा ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको उच्चतम गती १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । हृयाचब्याक कार भएर पनि ‘रेडी गो’मा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स रहेको निशान मोर्टस इन्डियाका उपाध्यक्ष अतुल सहनीले बताए ।
क्रस कभरमा जिप्पी ड्राइभिङको रोमाञ्चकताले यसको इन्ट्री लेवल कार सेगमेन्टलाई नयाँ रुपमा परिभाषित गर्ने वितरक कम्पनी पायोनियर मोटोकोर्पको भनाइ छ ।
रेडी गो नेपालमा विभिन्न ५ कलर सेतो, सिल्भर, ग्रे, रुबी र लाइम कलरमा उपलब्ध हुने छ । यसमा ‘युकान’ नामक जापानीज फिलोसोफी डिजाइन छ, जसले यसलाई बोल्ड बनाएको छ ।
नेपाली बजारमा निशान मोटर्स इन्डियाद्वारा उत्पादित डाटसन गाडीहरु आयात गरिँदै आएको छ । उत्कृष्ट विशेषता भएका कारण नेपाल भित्रिएको छोटो अवधिमै ग्राहकको रोजाईमा पर्न सफल भएको पायोनिर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप सारदाले बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC