site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फोरम-राजपा एकतामा ‘सरकार’ बाधक
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि सत्ता बाधक बनेको छ ।

गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले फोरमले सरकार छाडेमात्रै एकताको वार्ता अघि बढ्न सक्ने जनाएको हो ।

“फोरमलाई सरकार प्यारो छ, मधेस र मधेसीको अजेन्डाभन्दा सत्ता प्रिय बनेपछि वार्ता अघि बढ्न सकेको छैन,” राजपाका महासचिव मनीषकुमार सुमनले बाह्रखरीसँग भने ।
गत मंसिर २३ गते राजपालगायत विचार मिल्ने पार्टीसँग एकताका लागि सहअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव इस्तियाक राई र राजनीतिक समिति सदस्य महेन्द्र थापा सदस्य रहेको ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले राजपा, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति पार्टी, नेपाललगायत विचार पक्षधरतासँग पत्राचार गरेको फोरमका उपमहासचिव प्रकाश अधिकारी बताउँछन् ।

फोरमलगायत अन्य क्षेत्रीय र जातीय पार्टीहरूको सहकार्य र एकताका लागि चैत १ गते राजपाले पनि राजेन्द्र महतोको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । र, फोरमले पठाएको पत्रको जवाफसमेत दिएको छ ।

Global Ime bank

विचार, मुद्दा पक्षधरताहरूबीचको एकता अनिवार्य भए पनि फोरसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको सुमनको भनाइ छ । “पार्टी एकताका लागि सकारात्मक जवाफको अपेक्षा गर्ने हो भने तत्काल सरकारबाट फिर्ता हुनुपर्छ,” सुमनले बताए ।

फोरमले यथास्थितिवादीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउन बल पुर्‍याएको राजपाको आरोप छ । नेकपा नेतृत्वको सरकारलाई दुई तिहाइ पुर्‍याएर अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्काउने मजबुती प्रदान गर्ने काम दुर्भाग्यपूर्ण भएको राजपाको ठहर छ ।

पार्टी एकता ओठेभक्ति

सरकारले संविधान संशोधन र मधेसका मुद्दा सुनुवाई गर्न कुनै तदारूकता नदेखाए पनि सरकारमा बसिरहेकाले फोरमले एकता नचाहेको प्रष्ट हुने सुमन बताउँछन् ।

“उहाँहरू मुखले पार्टी एकता गर्नुपर्छ भन्नुहुन्छ । व्यवहार त्यसको विपरित छ । यथास्थितिमा, सरकारमै बसेर फोरमसँग हामी पार्टी एकताका लागि वार्ता-संवाद गर्दैनौँ,” उनको जोड थियो ।

राजपाले पहिचान, जाती, क्षेत्रीयतावादी विभिन्न शक्ति–समूह, राजनीतिक पार्टीसँग सहकार्य गरेर राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरेको छ । त्यसमा फोरमलाई आह्वान गरिएको भए पनि सरकारबाट बहिर्गमन नभएकाले थप कुरा अघि बढ्न नसकेको सुमन बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC