site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । 

आगामी वैशाख २२ गते उनको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिइन् । “प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, तयारी समिति निर्माण गरेर काम अगाडि बढाइएको छ,” मन्त्री अधिकारीको स्मृतिमा मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उनले भनिन् । 

उनका अनुसार प्रतिष्ठान निर्माण गर्न प्रा डा भरतप्रसाद पहारीको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति बनाइएको छ । समितिमा राजनीतिक प्रतिनिधि, परिवारका सदस्य, शुभेच्छुक र मन्त्री अधिकारीका साथी आबद्ध छन् । उनले भनिन्, “म धेरै भन्न सक्ने अवस्थामा त छैन, समृद्धिबाट परिवर्तन भन्ने उहाँको जुन मान्यता थियो, त्यसलाई आगामी दिनमा अगाडि लिएर जान सक्यौँ भने उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सफल बनाउन र उनको कृतिलाई संस्थागत गरी अमरत्व प्रदान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले हरतरहबाट सहयोग गर्ने बताए ।  “नयाँ रवीन्द्र अधिकारीको रुपमा विद्या भट्टराइलाई देख्ने छौँ, उहाँको छाँया पर्ने विश्वास छ,” कुलपति उप्रेतीले भने । अधिकारीसहित भाषाशास्त्री बालकृष्ण पोखरेल र मदनकुमार दाहालको सम्मानमा बुधबार एकदिन प्रतिष्ठान बन्द गर्ने निर्णय गरेकोसमेत उनले जानकारी दिए । 

तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहेका अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र संविधानसभा र राज्य पुनःसंरचना’ गरी दुईवटा पुस्तक प्रकाशित छन् । प्रतिलिपी अधिकार संरक्षणको कानूनका सुत्रधार अधिकारीले तीनवटा प्रतिष्ठानलाई मर्ज गर्ने विषय उठ्दा अधिकारी त्यसको विपक्षमा उभिएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले जानकारी दिए । 

Global Ime bank

मन्त्री अधिकारी कै सिफारिसमा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला र संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पदाधिकारीको नियुक्ति भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्ययले शोक प्रस्ताव पढेर सुनाएका थिए । उनले भाषा, साहित्य, कला, संस्कृति र दर्शनका कुशल संरक्षण गुमाएको बताए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पर्यटन र संस्कृतिको फाँटमा नयाँ योजना र उत्साहका साथ अगाडि बढ्दै गर्दा उनको निधनले स्तब्द बनाएको भन्दै राष्ट्र कै सच्चा विकासप्रेमी नेता गुमाएको उल्लेख गरे । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले सधैँ उत्प्रेरणा दिएर प्रेरित गर्ने असल संरक्षक मन्त्री अधिकारी काम गरेर देखाउनुपर्छ भनेर सधैँ चिन्ता गरिरहने व्यक्तिको निधनले स्तब्ध भएको स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न परिवारका सदस्यहरुलाई आग्रह गरे । रासस

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC