site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्यूजिल्यान्डमा प्रधानमन्त्रीको त्यो सम्मान, विश्वकै अग्लो भवनमा प्रधानमन्त्रीको तस्बिर 
Sarbottam CementSarbottam Cement

एजेन्सी । न्युजिल्यान्डको क्रिसचर्चमा गत १५ मार्चमा भएको आतङ्की हमलापछि पीडित परिवारप्रति आफ्नो दृढ संकल्प र सहानुभूतिमार्फत प्रधानमन्त्री ज्याकिन्डा एर्डनले विश्वभरका मुसलमान समुदायको मन जितेकी छन् । यसअघि प्रधानमन्त्री रहेकै बेला आमा बनेर चर्चामा रहेकी एडर्नको छवि यो घटनापछि पुनः उज्यालो हुन पुगेको हो । 

यसरी क्रिसचर्चको घटनामा एडर्नको व्यवहारले विश्वको ध्यानाकर्षण गराएको छ । हमला भएको एक हप्तामै देशको बन्दुक सम्बन्धी कानुन बदलेपछि उनी सबै राष्ट्र प्रमुखका निम्ति उदाहरणीय पात्र बन्न पुगेकी हुन् । त्यसैले संकटको घडीमा राजनीतिक हिसाबले मात्र नचलेर मानवता अनुरुप उनले देखाएको उदार व्यवहार वास्तवमै सम्मानको हकदार रहेको भन्दै विश्वको सबैभन्दा अग्लो भवन, दुबईको ब्रुज खलिफामा एर्डनको तस्बिर प्रोजेक्ट गरिएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

दुबईका प्रधानमन्त्री सेइख मोहोम्मदले ट्वीटरमा यस्तो लेख्दै उनको निर्णयको समर्थन गरेका हुन्, “धन्यवाद छ प्रधानमन्त्री एडर्न र न्युजिल्यान्डलाई इमानदारपूर्ण सहानुभूति र समर्थनका लागि, जसले विश्वभरका मुसल्मान समुदायलाई दुःखी बनाएको आतङ्की हमलापछि १.५ अर्ब मुसलमानहरुको सम्मान जितेकी छन् ।”

ट्वीटसँगै उनले ब्रुज खलिफामा एडर्नको तस्बिर प्रोजेक्ट गरिएको समेत पोस्ट गरेका हुन् । सो तस्बिरमा एडर्नले पीडीतलाई अंकमाल गरिरहेको देखिएको छ र ‘शान्ति’ भन्ने सन्देश पनि लेखिएको छ । ८३० मिटर अग्लो ब्रुज खलिफा विश्वको सबैभन्दा अग्लो संरचना हो । 

Global Ime bank

यसरी विश्वकी सबैभन्दा कान्छि राष्ट्रप्रमुखका रुपमा चिनिएकी एडर्नको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । शुक्रबार मृतक र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै उनले ‘पूरै न्युजिल्यान्ड तपाईँहरुसँगै शोकमा डुबेको छ, हामी एक हौँ’ भनेकी हुन् । त्यस्तै प्रोफेट मोहोम्मदको भनाइमा प्रकाश पार्दै उनले थप भनिन्, “आपसी सद्भाव, दया र सहानुभूतिमा विश्वास राख्ने हामी सबै एउटै शरीर हौँ । त्यसैले शरीरको कुनै एउटा भागमा चोट लाग्दा पूरै शरीरमा दुःखाइ महसुस हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  ०५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC