site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दश वर्षको द्वन्द्वमा भएको क्षतिको जिम्मा प्रचण्डले लिनुपर्छ : रमेश लेखक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले दश वर्षको द्वन्द्वमा भएको क्षतिको जिम्मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीद्वारा पुर्चौडी नगरपालिकामा आयोजित अन्तर्कृयामा बोल्दै नेता लेखकले दश वर्षको द्वन्द्वले मुलुकेलाई पचास वर्षपछि धकेलेको उल्लेख गर्दै यसको जिम्मा प्रचण्डले लिनुपर्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दवन्दवमा १७ हजारभन्दा बढी नेपाली जनता मारिएको उल्लेख गर्दै प्रचण्ड नेतृत्वकै पार्टी सत्तामा भए पनि जनताको मुहारमा खुशी ल्याउन नसकेको बताए । उनले भने, "देशभरी कम्युनिस्टप्रति वितृस्णा बढ्दै गएकाले जनताको आकर्षण नेपाली कांग्रेसतिर  बढदै गएको छ ।"

लोकतन्त्रवादी कहिल्यै विचलित नहुने उनले दाबी गरे । उनले भने,  "निर्वाचन हारेर कांग्रेसमा कुनै छट्पटी छैन । निर्वाचन हारे पनि राजनीति हारेको छैन । नेपाली कांग्रेसको नेतृत्वको लोकतान्त्रिक संविधान लागू भएकाले राजनैतिक विजय भएको छ।"

Global Ime bank

सरकार गैरजिम्मेवार भएको आरोप लगाउँदै उनले भने, "शान्ति सुरक्षा र आफ्नो नागरिकको जीउ धनको सुरक्षा दिन नसक्ने सरकारलाई सत्तामा बस्ने अधिकार छैन। आठ महिनासम्म पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउनुको सट्टा हत्यारा लुकाउन लाग्ने सरकारले कसरी जनताको जीउ धनको सुरक्षा गर्छ?"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC