site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफूखुशी औषधी सेवनले मृगौला बिग्रने खतरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफूखुशी दुखाई कम गर्ने औषधीको बढ्दो सेवनले मृगौला बिग्रने खतरा रहेको चिकित्सकहरुले बताएका छन् । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले आफूखुशी दुखाई कम गर्ने औषधीको बढ्दो सेवनले मृगौला फेल हुने खतरा बढी हुने बताए । 

उनले भने, “मधुमेह, उच्चरक्तचाप, युरिक एसिड र पिसाबसम्बन्धी संक्रमण आदिका कारण मृगौला बिग्रने खतरा बढि हुन्छ ।”

त्यसैगरी वरिष्ठ मृगौला रोग विशेषज्ञ डा पुकार श्रेष्ठले चिकित्सकको सल्लाहबिना अनावश्यक एन्टीबायोटिकको प्रयोगले मृगौला बिग्रेन खतरा बढी रहेको बताए । उनले भने, "चिकित्सकको सल्लाहबिना आफूखुशी कुनै पनि औषधी सेवन गर्नुहुँदैन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेका अनुसार ५० वर्ष उमेर नाघिसकेका, मिर्गौलामा अन्य समस्या भएका व्यक्तिलाई मिर्गौला रोगको खतरा बढी हुने भएकोले नियमित रुपमा मिर्गौला परीक्षण गराउनुपर्ने बताउँछन् । उनले भने, “यसका लक्षण थकाइ र कमजोरी महसुस हुनु हात गोडा सुन्निने, महिनाबारी गडबडी, निद्रा नलाग्ने र मांसपेशी बाउँडिनेलगायतका देखिन्छन् ।”

नेपालमा मृगौला रोगका बिरामीको यकिन तथ्यांक नभए पनि पुरुषमाभन्दा महिलामा यसको समस्याबाट बढी रहेको चिकित्सकहरू बताउँछन् ।

Global Ime bank

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गरेको छ । नेपालमा वार्षिक ३ हजार नयाँ मिर्गौला रोगी थपिने गरेको चिकित्सकहरूको अनुमान छ ।
 
मिर्गौला रोगका लक्षण

हातगोडा सुन्निने ।
छाला चिलाउने ।
राती बढी पिसाब लाग्ने।
थकाइ र कमजोरी महसुस हुने।
महिनाबारी गडबडी ।
निदाउन कठिनाइ हुने ।
मांसपेशी बाउँडिने आदि ।

बच्न उपाय

खानपानमा ध्यान दिने ।
प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने ।
नियमित व्यायाम गर्ने ।
धुम्रपान तथा मद्यपान सेवन नगर्ने आदि।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC