site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रेडियो तुल्सीपुरका अध्यक्षको हत्यारा पत्ता लगाउन ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रिडम फोरमले दाङको रेडियो तुल्सीपुरका अध्यक्ष देवीप्रसाद धितालको २०६७ साल साउन ६ गते गोली हानी हत्या भएकोमा अहिले सम्म अपराधी पत्ता नलागेकोले सो सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानकर्षण गराएको छ ।

फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आयोगका अध्यक्ष अनुपराज शर्मालाई मंगलबार पठाएको पत्रमा सो हत्या भएको ८ वर्ष बितिसक्दापनि अझै अपराधी पत्ता नलागेको र हाल यो मुद्धा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परिवारका अनुसार प्रहरीले हत्या भएको एक हप्तामै अपराधी पत्ता लागेको आश्वासन दिएतापनि हाल सम्म अनुसन्धान नटुंगिएको जनाउँदै फोरमले परिवारलाई यस विषयले निकै आघात पुगेको जनाएको छ । पीडित परिवारको न्याय पाउने अधिकारलाई संरक्षण गर्न यस राष्ट्रिय मानवअधिकार आयोगलाई गम्भीर ध्यानाकर्षण गराउँछौं, पत्रमा भनिएको छ ।

साथै, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो तथा नेपाल सरकारको सम्बन्धित निकायहरुलाई यथाशिघ्र अनुसन्धान टुंगो लगाई हत्यामा संलग्न अपराधीहरुलाई दण्ड दिन र मुद्धा अदालतमा दर्ताका लागि सिफारिस गर्न समेत फोरमले आयोग समक्ष माग गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC