site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व फुटबलका उत्कृष्ट तीन मिडफिल्डर 
Sarbottam CementSarbottam Cement

एजेन्सी । फुटबल सामूहिक खेल भएकाले गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डको समान भूमिका रहन्छ । फुटबलमा मिडफिल्डरले आफ्नो टोलीको फरवार्डदेखि अरुलाई पनि गोल गर्नको लागि पासहरु उपलब्ध गराउने र टिमको सन्तुलन मिलाउने काम गर्दछन् । 

कुनै मिडफिल्डर गोल गर्न पनि माहिर हुन्छन् । अन्तर्राष्ट्रिय पत्रिका ‘स्पोर्टस् किडा’ले विश्व फुटबलमा उत्कृष्ट तीन मिडफिल्डरको सूची दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

३) इभान राकिटिक 
\"\"बार्सिलोनाका मिडफिल्डर इभान राकिटिक विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको तेस्रो स्थानमा पर्दछन् । रसिया विश्व कपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन उनले ठूलो भूमिका खेलेका थिए । 

सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आएका राकिटिकले क्लबका लागि १ सय ६२ खेल खेल्दै २४ गोल गरिसकेका छन् । राकिटिकले क्रोएसियाका लागि पनि १ सय ३ खेल खेल्दै १५ गोल गरिसकेका छन् । विश्व फुटबल जगतमा उत्कृष्ट मिडफिल्डरको नामले चिनिने राकिटिक हाल बार्सिलोनाका लागि मुख्य खेलाडी हुन् । 

Global Ime bank

२) बर्नान्डो सिल्भा 
\"\"म्यान्चेस्टर सिटीका उत्कृष्ट मिडफिल्डर सिल्भा विश्व फुटबलमा उत्कृष्ट मिडफिल्डरको सूचीको दोस्रो स्थानमा छन् । सन् २०१७ मा मोनाकोबाट सिटीमा आएका उनले क्लबका लागि ६४ खेल खेल्दै ११ गोल गरिसकेका छन् । 

पोर्चुगल राष्ट्रिय टोलीका लागि पनि उनले ३६ खेल खेल्दै ३ गोल गरिसकेका छन् । 

१) पाउल पोग्बा 
म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बा रसिया विश्वकपमा देखिएका उत्कृष्ट मिडफिल्डर मध्यका एक हुन् । सन् २०१६ मा युभेन्ट्सबाट युनाइटेड आएका उनले टिमका लागि ८४ खेलमा २२ गोल गरिसकेका छन् । 

उनले फ्रान्स राष्ट्रिय टोलीका लागि पनि ६६ खेलमा १० गोल गरिसकेका छन् । पोग्बा पछिल्लो सयम विश्व फुटबलमा परिचित मिडफिल्डरको नाम हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC