site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल–अमेरिका बीचको आर्थिक व्यवसायिक सम्बन्धका विषयमा भेटवार्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।
नेपाल भ्रमणमा रहेका अमेरिकन सरकारका व्यूरो अफ इन्टरनेसनल इन्फरमेसन प्रोग्राम्सका संयोजक म्याकोन फिलिप्सले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणासँग भेट गरी नेपाल–अमेरिकाबीचको आर्थिक सम्बन्धमा छलफल गरेका छन् ।
महासंघ सचिवालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको आर्थिक व्यावसायिक सम्बन्ध, अमेरिकन सरकारले उपलव्ध गराएको गार्मेन्टको कोटा सुविधा, नेपालको विद्यमान उद्योग व्यवसायको अवस्था, उद्योग व्यवसायलगायत समग्र अर्थतन्त्रका चुनौती लगायतका विषयमा छलफल भएको थियो । 
महासंघका वरिष्ठ उपाध्यक्ष राणाले निजी क्षेत्रको प्रनिनिधिमुलक संस्था महासंघले मुलुकभित्र उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना तथा अर्थतन्त्रको विकासमा काम गर्दै आएको, नीति कानून निर्माणमा निजी क्षेत्रको सुझाव सहित पैरवी गर्दै आएको बताइन् । 
वरिष्ठ उपाध्यक्ष राणाले नयाँ संविधान जारी भएपछि आर्थिक विकासले गति लिने अपेक्षा गर्दा गर्दै पनि अझै पनि राजनीतिले स्थायित्व लिन नसकेका कारण आर्थिक विकासमा अवरोध रहेको भन्दै व्यावसायिक कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार निर्माण, खानी तथा खानीजन्य क्षेत्रमा नेपालमा लगानीको निकै धेरै सम्भाव्यता रहेको स्पष्ट पारिन् । 
काठमाडौंस्थित अमेरिकन राजदुतावासका वरिष्ठ अधिकारीहरु, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको समेत सहभागिता रहेको थियो । अमेरिकन सरकारको व्यूरो अफ इन्टरनेसनल इन्फरमेसन प्रोग्राम्सका संयोजक म्याकोन फिलिप्सले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै अमेरिका र नेपालबीचको सहयोग सम्भाव्यता बारे जानकारी लिएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC