site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्या प्रकरण : डिएसपी जिसी पनि अदालतमा उपस्थित
Ghorahi CementGhorahi Cement

भीमदत्तनगर । कञ्‍चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्ध कसूर र यातनाविरुद्ध कसुर मुद्दामा प्रहरीको केन्द्रीय ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी आज अदालतमा उपस्थित भएका छन् । 

जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको बयान सोमबारदेखि सुरु भएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। बयान सकिएपछि थुनचेक बहस हुनेछ । यसअघि गत मंगलबार अदालतमा उपस्थित भएका पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्ट दुवै मुद्दामा गरी रु १० लाख ५० हजार धरौटी बुझाएर आइतबार रिहा भएका थिए । 

Agni Group

उक्त प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्कले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए । अदालतले गत फागुन २६ गते उपस्थित हुन विष्ट र जिसीलाई ३५ दिने सूचना जारी गरेको थियो । - रासस

फाइल तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC