site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हेगुइन युभेन्टसमा अनुबन्धित, तेस्रो महँगो खेलाडी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, मिलान । इटालियन क्लब नापोलीका स्ट्राइकर गोन्जालो हेगुइन इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्धित भएका छन् । २८ वर्षका हेगुइनले मंगलबार युभेन्टससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
हेगुइनलाई युभेन्टसले नापोलीबाट ७ करोड ५३ लाख पाउण्ड स्ट्रलिङ मुल्यमा अनुबन्ध गरेको हो ।  हेगुइन सन् २०१३ मा रियल मड्रिडबाट तीन करोड ४५ लाख पाउण्डमा नापोली आएका थिए । युभेन्टसले नापोलीलाई ९० मिलियन युरो दुई किस्तामा उपलब्ध गराउने छ । हेगुइनले गएको सिजन नापोलीबाट ३६ गोल गरी इटालियन सिरी एको गोल्डेन बुट जितेका थिए । नोपाली गएको सिजन सिरी एको उपविजेता बनेको थियो ।
युभेन्टसमा अनुबन्धित भएसंगै हेगुइन तेस्रो महंगा खेलाडी समेत बेनेका छन् अहिलेसम्म सबै भन्दा महंगा खेलाडीको पहिलो नम्बरमा रियल मड्रिडका ग्यारेथ बेल छन् । त्यस्तै दोस्रो नम्बरमा पनि रियलकै क्रिष्टियानो रोनाल्डो छन् । बेल सन् २०१३ मा ८ करोड ५० लाख पाउण्डमा तथा रोनाल्डो सन् २००९ मा ८ करोड पाउण्डमा रियल मड्रिडमा अनुबन्धित भएका थिए ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC