site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेस्रो अभ्यास खेलमा नेपाली यू–१९ क्रिकेट टोलीको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा जित हात पारेको छ ।  सोमबार भएको खेलमा नेपालले भारतको आन्ध्र प्रदेशको यू–१९ टोलीलाई १ विकेटले हराउन सफल भएको हो । 

नेपाललाई जित दिलाउन कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९ ओभर १ बलमा अलआउट हुँदै २२७ रन बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आन्ध्र प्रदेशका लागि योगानन्दले ५९ र नितेस कुमारले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

बलिङतर्फ नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै पवन सरार्फले ३ लिन सफल भए । 

Global Ime bank

आन्द्र प्रदेशले दिएको २ सय २८ रनको लक्ष्य पछउने क्रममा नेपालले ४७ ओभर ३ बलमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गर्न सफल भयो । 

नेपालका लागि कप्तान रोहितले ७१ रनको योगदान दिए ।  त्यस्तै सार्कीले ४९ रन बनाउदा पवन सरार्फले ३० तथा सन्दीप जोराले १९  को योगदान गरे । नेपालका लागि कुशल मल्लले १३ रन जोड्न सफल भए ।   

आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गरिरहेको नेपाली टोली ४ खेलको अभ्यास खेलमा ३ खेल सकिदा २–१ ले अघि छ ।  
 

फोटो: रमण शिवाकोटी 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC