site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
७० वर्षको संघर्षबाट प्राप्त उपलब्धि गुम्‍ने खतरा : नेता लेखक
Ghorahi CementGhorahi Cement

बैतडी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले देशमा शान्ति, स्थिरता र विकास ल्याउने एक मात्र शक्ति कांग्रेस भएको बताएका छन् । 

कांग्रेस जिल्ला कार्य समिति बैतडीले सोमबार दशरथचन्द नगरपालिका–१ गुरुखोलामा आयोजित अन्तरक्रिया एवम् कार्यकर्ता प्रशिक्षणमा नेता लेखकले माओवादीलाई शान्ति प्रक्रिया ल्याउने काम कांग्रेसले नै गरेको बताए । 

Agni Group

तत्कालिन समयमा माओवादी र राजा दुवैले हतियारको लडाई गरिरहेका बेला कांग्रेसले नै शान्तिको बाटो रोजेको उनले स्मरण गराए । २०६४ सालमा भएको पहिलो संविधानसभामा कम्युनिष्टहरुले बहुमत ल्याए पनि उनीहरुले राष्ट्रिय एजेण्डाको रुपमा रहेको संविधान निर्माणको कामलाई चौबाटोमा छोडेको आरोप लगाउँदै नेता लेखकले उक्त कार्यभार पनि कांग्रेसले पूरा गरेको जिकिर गरे ।

देशको समग्र विकासका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको भन्दै उनले कांग्रेस बलियो नहुँदा नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त वर्तमान उपलब्धि गुम्ने खतरा रहेको आशंका व्यक्त गरे । वर्तमान सरकारका गतिविधिहरु संविधान विरोधी रहेको आरोप लगाउँदै नेता लेखकले देशमा प्राप्त उपलब्धि गुम्ने चिन्ता रहेको बताए। 

Global Ime bank

कांग्रेस चुनाव हारेर छट्पटाएको नभई देशमा प्राप्त उपलब्धि गुम्नेतर्फ चिन्तित रहेको उनको भनाइ थियो । देशमा विकासका नाम भ्रष्टाचार र बेथिति बढेको आरोप लगाउँदै नेता लेखकले कांग्रेस प्रतिपक्षी भएकाले पनि जनताको बीचमा आएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC