site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पार्टीभित्र भावनात्मक एकता बढाउन अभियान : शशांक कोइराला
Ghorahi CementGhorahi Cement

बर्दिया । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र भावनात्मक एकता बढाउन आफूले अभियान थालेको बताएका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि सोमबार ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता-कार्यकर्तासँगको अन्तरक्रियामा महामन्त्री कोइरालाले मुलुकमा कम्युनिष्टहरु एक भएको अवस्था कांग्रेसमा भावनात्मक एकता अपरिहार्य रहेको बताए ।
 
उनले कांग्रेसमा भावनात्मक एकताका लागि सुरु गरिएको आफ्नो अभियानमा साथ दिन नेता-कार्यकर्ताहरुलाई अपिल गरे ।
 
‘‘मुलुक कम्युनिष्टमय भएको छ । यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि पनि खतरा छ,’’ महामन्त्री कोइरालाले भने, ‘‘त्यसैले अब कांग्रेसमा भावनात्मक एकता जरुरी भइसक्यो । मैले त्यही भएर कांग्रेसमा भावनात्मक एकता गराउने अभियान सुरु गरेको हो ।’’

Agni Group

कम्युनिष्टहरु निरंकुशतातर्फ अगाडि बढेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरंकुशतर्फ उन्मुख हुन लागेको पुष्टि गरेको दाबी गरे । महामन्त्री कोइरालाले भने, ‘‘राजनीतिबाट मुक्त रहेको नेपाली सेनालाई प्रधानमन्त्री मताहतमा ल्याएर सेनामाथि नियन्त्रण गर्न खोँजिदै छ । यसले मुलुकको लोकतन्त्रमाथि खतरा सुरु भएको छ ।’’ 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको असन्तुष्टिलाई समयमा नै समाधान गर्नुको साटो सरकारले प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा फसाएको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC