site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी नेतृत्वका लागि सभापति देउवाको विकल्प छैन् : नेता साउँद
Sarbottam CementSarbottam Cement

अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एनपी साउँदले पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन् । सोमबार भ्रातृ संगठन नेपाल किसान संघ अछामको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता साउँदले पार्टीमा अहिले नै देउवाको विकल्पका रुपमा कोही तयार नभएको दाबी गरे ।
  
उनले पार्टीलाई पूरानै अवस्थामा पुर्‍याएर सहकार्यमुखी र सहमतिको पार्टी बनाएर मात्रै सभापति देउवाले जिम्मेवारीबाट बाहिर जान पाउने बताए । ‘‘नेपाली कांग्रेसलाई पूरानै अवस्थामा ल्याएर, पहिलो पार्टी बनाएर, एकत्रित बनाएर सहकार्यमुखी पार्टी बनाएर सहमतिको पार्टी बनाएरमात्रै शेरबहादुर देउवाले पार्टीको जिम्मेवारीबाट बाहिर जान पाउनुहुन्छ’’ केनद्रीय सदस्य साउँदले भने । 

युद्ध हारेको समयमा सैन्य कमाण्डरले युद्धको मोर्चा छोड्न नमिल्ने भन्दै उनले पार्टी चुनावमा पराजित भएकोबेला देउवाले नेतृत्व छोड्न नमिल्ने जिकिर गरे । मोटो गाई मरोस् भनेर सराप्दैमा मोटो गाई नमर्ने उखान स्मरण गर्दै साउँदले कसैले नेतृत्व छोड्नु पर्छ भन्दैमा देउवाले नेतृत्व नछोड्ने स्पष्ट पारे ।
 
‘‘एउटा कहावत छ, मोटो गाई मरोस भन्ने वित्तिकै मोटो गाई मर्दैन,’’ उनले उखान स्मरण गर्दै भने, ‘‘कसैले देउवाले हट्नुपर्छ, जानुपर्छ, छाड्नुपर्छ भन्दैमा उहाँ देश र प्रजातन्त्रप्रतिको आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्नुहुन्न ।’’

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीमा सभापति देउवाको विकल्प खोजी गरिरहेका नेताहरुतर्फ इंगित गर्दै केन्द्रीय सदस्य साउँदले पार्टीभित्र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कार्यकर्तामाझ उचित र बलियो ढंगले नेतृत्व गर्न सक्ने नेता नै नभएको दाबी गरे ।
 
‘‘कुनै पनि नेता जो तपाईं कहाँ आउनुहुन्छ, तपाईंसँग भन्नुहुन्छ, उहाँहरुलाई तपाईंले सोध्नुस् देउवालाई हटाएर कसलाई नेपाली कांग्रेसको नेता बनाउने,’’ उनले कार्यकर्तामाझ भने, ‘‘देउवालाई हटाउन हामीसँग के विकल्प छ सम्बन्धितलाई सोध्नुस्, गोलमटोलको जवाफ दिएर सम्बन्धितहरु जाने छन् ।’’

पार्टीभित्र सभापति देउवाभन्दा बृहत्तर नेतृत्व दिन सक्ने फलानो नेता हो भनेर भन्न सकिने अवस्था नभएको नेता साउँदले दाबी गरे । उनले कार्यकर्ताहरुलाई दृढतापूर्वक पार्टी सशक्तिकरणमा लाग्न नेता-कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC