site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग, भन्छन्– हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ
Sarbottam CementSarbottam Cement

रत्ननगर (चितवन) । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन् ।

पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आएका उनले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिए ।

पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भने, “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए ।

Global Ime bank

शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताए ।

गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ । रासस

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC